Sajhamanch Archive

हात्तीपाइलेको औषधी सेवनका लागि सचेतना जगाउँदै भद्रपुर जेसीज

Published: in विविधा, समाज by .

भद्रपुर । हात्तीपाइले रोग बिरूद्धको औषधी सेवनमा घट्दै गएको आकर्षण जगाएर हात्तीपाईले रोगी विहिन भद्रपुर नगर निर्माणका लागि भद्रपुर जेसीजद्वारा विविध सचेतना कार्यक्रम सुरू गरिएको छ ।

नेपाल सरकारले एक दशकयता कार्यक्रमका रूपमा आम नागरिकलाई हात्तीपाइले रोग निवारणका लागि औषधी खुाउने कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि झापा हात्तीपाईले रोगी विहिन हुन नसकेपछि भद्रपुर जेसीजले सदरमुकामबाट विविध अभियान सञ्चालन गरी औषधी सेवनका लागि सचेतना सुरू गरेको हो ।

भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकासको नेतृत्वमा सचेतना मुलक व्यानर टाँस्ने अभियान तीव्र बनाइएको । १० वटा वडा रहेको भद्रपुरका सवै वडाका मुल बस्ती तथा चौक चौकमा व्यानर टाँस्ने अडियो सन्देश प्रवाह गर्ने कार्य भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार जनचेतनाको अभावले औषधीप्रति नकारात्मक धारणा उत्पन्न हुँदा औषधी सेवन गर्नेको संख्या कम भएर संभावित रोगी रहिरहेको तथ्यलाई सुधार गर्न सचेतना अभियान सञ्चालनमा ल्याउनु परेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *