Sajhamanch Archive

शिवसताक्षीमा अन्तरक्रियाः धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आधारभूत पूर्वाधार तयार गर्नु पर्ने सरोकारवाला निकायहरुको सुझाब

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

शिवसताक्षी । झापाको दूधेमा शिवसताक्षी नगर भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास प्रवर्धक विषयक अन्तरक्रिया गरिएको छ । शिवसताक्षी नगरपालिका र सरोकारवाला निकायहरको अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

सताक्षी प्रेस क्लबको आयोजना तथा नगरपालिकाको सहयोगमा अन्तरक्रिया गरी पर्यटकीय क्षेत्रको विकास प्रवर्धनका लागि अबको बाटो के हुने भन्ने विषयका सुझाबहरु संकलन गरिएको छ ।

अन्तरक्रियामा धार्मिक तथा पर्यटकीय क्षेत्रमा सबै जात जातिहरु प्रतिनिधित्व हुने बहुभाषी र बहु धार्मिक हुने गरी मन्दिरहरु निर्माण गर्नु पर्ने अधिकांश बक्ताहरुको भनाई छ ।

नगरकिो धार्मिक क्षेत्र सताक्षीधामको विकासको साथै त्यस क्षेत्रसम्म पुग्नका लागि जंगलको बाटो भएर जानु पर्ने बाध्यताले गर्दा त्यस्ता क्षेत्रहरुको पहिचान गरी सुरक्षा व्यवस्था मिलाउनु पर्ने शिवसताक्षी नगरपालिका वडा नं. ११ सचिव नन्दिकिशोर भट्टराईले बताए ।

त्यसैगरी नगरका सबै धार्मिक क्षेत्रहरुमा आवत जावत गर्नका लागि मोटरेवल बाटो निर्माण गर्नु पर्ने, धार्मिक क्षेत्रहरुमा शौचालय, आर्कषक गेट लगायतका पूर्वाधारहरु तयार गर्नु पर्ने गोेवद्र्धन गौशालाका अध्यक्ष तथा संरक्षक नन्दकिशोर भारद्वजले बताए ।

कार्यक्रममा सहभागीहरुले सरकारले पर्यटकीय क्षेत्रहरुमा आवश्यक पूर्वाधारहरु तयार गर्नु पर्ने, बस्नका लागि आवास, होटल, लजहरुको व्यवस्था गरे मात्र पर्यटन क्षेत्रको विकासले चाडै गति लिने बताएका छन् ।

तीन दिवशीय कार्यक्रममा शनिबार शिवसताक्षी नगरपालिका क्षेत्र भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने सुझाब सहितको प्रतिवेदन तयार गरी शिवसताक्षी नगरपालिकालाई हस्तान्तर गर्ने सतासी प्रेस क्लबका अध्यक्ष सेलिङ्ग केसीले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, डिल्ली नेपाल, नगरका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिधिनी, धार्मिक क्षेत्र र सरोकारवाला निकायहरुको अध्यक्ष तथा प्रतिनिधीहरु गरी ४० बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस क्लबको उपाध्यक्ष दिलीप घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *