Sajhamanch Archive

नेपाल र मलेसियाबीचको खेल सुरु

Published: in खेलकुद by .

काठमाडौँ  ।  एसिया कप छनोट अन्तर्गतको तेस्रो खेल नेपाल र आयोजक राष्ट्र मलेसियाबीच जारी छ ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको छ ।

मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ । खेल ३०-३० ओभरको हुनेछ ।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ।

आज मलेसियालाई हराउँदै एसिया कप छनौटको फाइनलमा पुग्ने आशा जिवितै राख्नुपर्ने दबाबमा नेपाल छ।

छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *