Sajhamanch Archive

विर्तामोड नगरपालिकाद्वारा विकासका कामलाई तिब्रता

Published: in समाज, स्थानीय तह, by .

कमल । विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । पछिल्लो समय नगरपालिकामा विकास निर्माणले निकै तिव्रता पाएको छ । नगरपालिकामा भएका विकास निर्माण अन्तरगत पुर्वाधार विकास, स्वास्थ्य, ज्येष्ठ नागरिक चौतारो लगायतका विकास निर्माणले तिव्रता पाएको हो ।

नगरपालिकामा रहेकाको क्षेत्रभित्र रहेका कतिपय सडक कालोपत्रे भैसकेका छन् भने बाँकी रहेका सडक पनि स्तर उन्नती भैसकेका छन् । निर्माण सम्पन्न भएका र हुँदै गरेका सडक सन्जालमा पर्ने खोला तथा खोल्सामा पुल तथा कल्भटको निर्माण कार्यले तिब्रता पाएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले ५० वटा योजना सन्चालनमा ल्याएको छ । सन्चालन गरेका अधिकांश योजना पुरा हुने चरणमा छन् । जस अन्तरगत नगर अस्पतालको काम धमाधम भै रहेको नगरपालिकाले जनाएको छ । पुरानो भद्रपुर सडकलाई कालोपत्रे र ज्येष्ठ नागरिक चौतारोको काम सम्पन्न भएको छ । बहुवर्षीय योजनाको निर्माण कार्य धमाधम भै रहेको विर्तामोड नगरपालिकाका ईन्जिनियर डिल्लिराम गौतम जानकारी दिए ।

यसैगरी नगरपालिकाको वडा नम्वर ३ मा ४ करोड ८० लाख ९५ हजार १६८ रुपैयामा २०७७ साल असार ८ गते संम्झौता भई २०७९ साल असार १ सम्पन्न हुन ेगरी विर्तामोड नगर अस्पतालको निर्माण कार्य पहिलोतला ढलान गर्ने अवस्थामा पुगेको छ ।
ज्येष्ठ नागरिक भनेका नगरका सम्पति हुन् त्यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व हो । जिवनभरी नगरको विकासमा उहाँरुले गरेको योगदानको कदर गर्दै नगरले वडा नम्वर ७ र ८ मा ज्येष्ठ नगरिक चौतारो निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
ज्येष्ठ नगरिक चौतारोमा आएपछि पत्रपत्रिका पढ्न, टेलिभिजन हेर्न र निःशुल्क ईन्टरनेट सेवा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । वडा नम्वर ७ र ८ मा २५÷२५ लाख रुपैयाको लागतमा दुई वटा चौतारो निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारो निर्माण समिती वडा नम्वर ७ का अध्यक्ष अविरल कृष्ण खरेलले बताए ।

नगरका गौरवका योजना तथा स्थानिय पुर्वाधारका योजना गरी ४ सय भन्दा बढी योजना सन्चालनमा छन् । जस अन्तरगत नगर अस्पताल, ज्येष्ठ नागरिक चौतारो लगायत सडक निर्माण, गोठ सुधार , आलुपकेट कार्यक्रम रहेका छन् । नगरपालिकाले ५ लाख रुपैया भन्दा कमका योजना टेण्डर प्रक्रियाबाट निर्माण सुरु गरेको छ भने सो भन्दा माथिका योजना ई टेण्डरबाट हुने गरेको विर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए ।

जनप्रतिनिधी आएपछि विर्तामोड नगरपालिकाले विकास निर्माण, भौतिक पुर्वाधार , कृषि तथा पशुपालन तथा स्वास्थ्यका क्षेत्रमा धेरै फड्को मारि सकेको छ । हरेक वडालाई सडक सन्जालले जोडेको छ । भौतिक पुर्वाधारले मात्र नगरको समग्र विकास सम्भव हुदैन त्यसैले अवका दिनमा जनप्रतिनिधिले शिक्षा र स्वास्थ्यमा अलिबढी ध्यान दिन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *