Sajhamanch Archive

जनगणना २०७८ सम्बन्धी एक दिने सचेतना सम्पन्न

Published: in विविधा, समाज by .

भद्रपुर । भद्रपुरमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी एक दिने सचेतना गोष्ठि सम्पन्न गरिएको छ ।

झापाका प्रभुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा जनगणना सम्बन्धी सरोकारवालालाई सचेतना गरिएको हो ।

जिल्ला जनगणना कार्यालय झापाको आयोजनामा सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै जनगणना अधिकारी चुडामणि लुँइटेलले नेपालको जनगणनाको इतिहास १०९ वर्ष पार गरेको बताएका थिए ।

कार्यक्रममा प्रेमकुमार अधिकारीले व्यक्ति तथा जनगणनाको विधि वारे सहजीकरण गरेका थिए भने रापामा रहेका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *