Sajhamanch Archive

स्व. कर्णबहादुर स्मृति प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रान क्लबकोे पोल्टामा

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by .

शिवसताक्षी । शिवसताक्षीमा जारी स्व.कर्णबहादुर नेम्वाङ्ग स्मृति प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रानले हात पारेको छ । एभरेष्ट भेट्रान मोरङ्ग क्लबलाई ६–२ गोल अन्तरले हराउँदै आयोजक दूधे भेट्रानले उपाधि हात पारेको हो ।

खेलको १७औं मिनेटमा दूधे भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बुले पहिलो गोल गरेका थिए । खेलको २४ औं मिनेटमा एभरेष्ट भेट्रान मोरङ्गका बद्री विष्टले गोल गरेपछि खेल बराबरीमा रह्यो । त्यसैगरी ३०औं मिनेटमा दूधे भेट्रानको जर्सी नं. ८ का नगेन्द्रमणी लिम्बुले गोल गर्दै खेललाई अग्रता दिलाए ।

खेलको सेकेण्ड हाफको ४ मिनेटमा दुधेका जर्सी नं. १० रमेश गुरुङ्गले गोल गरे । गुरुङ्गले लगातार ६ मिनेट, २७ मिनेट गोल गर्दै हेट्रिक गर्न सफल भए । त्यस्तै सेकेन्ड हाफको २२औं मिनेटमा जर्सी नं. १५ का प्रेम सुब्बाले गोल गरे । एभरेष्टको तर्फबाट सेकेण्ड हाफको १६ मिनेटमा जर्सी नं. १२ का भुवनसिह राईले गोल गरेका थिए ।

खेलको मेन अफ दी म्याच दूधेका रमेश गुरुङ्ग घोषित भए । वेष्ट मिड फिल्डर आयोजकका भुपेन लिम्बु, वेष्ट डिफेन्डर विष्णु सुनुवार, बेष्ट गोल किम्पर मिन बस्नेत, हाइ स्कोरर रमेश गुरुङ्ग घोषित भए । त्यस्तै वेष्ट कोच दूधे भेट्रानका प्रकाश लिम्बु र मेन अफ दी टुनामेन्ट एभरेष्ट भेट्रानका प्रेमबहादुर घिमिरे घोषित भए । उनीहरुले नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरे ।

विजेता टिम दूधे भेट्रानले नगद ५५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै उपविजता एभरेष्ट भेट्रान क्लब मोरङ्गले ३१ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।

आयोजकले खेलको समापन कार्यक्रमा प्रतियोगितामा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो । प्रतियोगिता आयोजकका ए र वी गरी प्रदेश १ का १० टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता निर्माणधिन नगरस्तरीय दूधे रंगशालामा सञ्चालन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *