Sajhamanch Archive

पार्टी एकीकरण सजिलो छैनः भट्टराई

Published: (Updated: ) in राजनीति by .

ताप्लेजुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले पार्टी बिभाजन जस्तो सजिलो एकता ब्यवस्थापन नभएको बताए ।

फुङलिङमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले भने, बिभाजन जस्तो एकता सहज  छैन, ‘ब्यक्तिका भावना, अपेक्षा, सिद्धान्त सबै कुरा मिल्नुपर्छ, हामी यी सबै कुरा मिलाएर यहीँ महिनाको मसान्तसम्ममा टुंग्याइसक्छौं ।’

‘बाहिर हल्ला भएजस्तो पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डा नभएको भन्दै उनले योग्यता भएकाहरूलाई जिम्मेवारी दिईने बताए । भाद्र मसान्तसम्ममा बिभागीय कमिटीहरूको केन्द्रीय समिति पनि टुंगो लाग्ने उनले बताए ।

ताप्लेजुङमा भने नेपाल कम्युनिसट पाटी (नेकपा) को जिल्ला संगठन भने बनेको छैन । उनले सरकार म्याराथनको गतिमा दौडिरहेको पनि बताए ।
कहाँ पुग्नु छ र कति समय लाग्छ भन्ने योजना सहित सरकार दौडिएरहेको बताए । सरकारका बारेमा धेरै सार्वजनिक प्रश्न उठेको भन्दै उनले यस्ता टिप्पणीले सरकारलाई झक्झक्याउँने पनि धारणा राखे ।
पाँच वर्षको समयलाई दृष्टिगत गरेर काम गरेको दाबी गर्दै सय मिटर दौडनु जस्तो हतारमा दौडनु नपरेको उनको भनाई छ ।
भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गर्दै उत्तर र दक्षीणका छिमेकीसँगको सम्बन्ध सुधारेको दाबी गरे ।
‘कहिले र उत्तर र दक्षिण भनेर चर्चा हुन्थ्यो चीनसँग मित्रता छँदै थियो, भारतसँगको पनि सुमधुर भएको छ,’ उनले भने, ‘रक्सौल, काठमाडौं रेलमार्ग एक वर्षमा सक्ने गरीको सम्झौता भएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *