Sajhamanch Archive

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौः मन्त्री राई

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् ।

सोमबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिइन् ।

तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको छ । कोरोना संक्रमण्माको मध्यनजर गदैृ आवश्यकता अनुसार सीमा नाकामा सर्तकता अपनाउनकालागि निर्देशन दिईएको समेत उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालयका सचिवगो विन्द कार्कीले संक्रमणको दर बढेको बताएका छन् । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको छ । सचिव कार्कीले भने, देशव्यापी रुपमा संक्रमण दर बढेको छ ।’ कोरोनाको पुनराबृत्ति भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले जानकारी दिए । आवश्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनक ालागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको समेत जानकारी गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *