Sajhamanch Archive

कमलमा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

Published: (Updated: ) in खेलकुद, विविधा by .

कमल । झापाको कमल गाउँपालिकामा संचालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सोमबार पनि विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिता अन्तरगत छात्र तर्फको १ हजार ५ सय मिटर दौडमा नरेन्द्र जनता माध्यमिक विदालयका सुनिल बुढाथोकी प्रथम , सरस्वती माध्यमिक विद्यालयका प्रविण तामाङ्ग द्वितीय र वण्डरल्याण्ड बोडिङ्ग स्कुलमा डम्वर श्रेष्ठ तृतीय भएका छन् ।

त्यसैगरी छात्रातर्फ शहिद धर्मभक्त माध्यमिक विद्यालयकी नम्रता धिताल प्रथम, सरस्वती माध्यमिक विद्यालयी सुस्मा राई द्वितीय र नरेन्द्रजनता माध्यमिक विद्यालयकी सन्तोषी श्रेष्ठले तृतीय स्थान हासिल गरेकी आयोजकले जनाएको छ ।

त्यसैगरी ४०० मिटर रिले दौडमा वण्डरल्याण्ड बोडिङ्ग स्कुल प्रथम, नरेन्द्र जनता माधयमिक विद्यालय द्वितीय र कमल मदन आश्रित समृति माध्यमिक विद्यालय तृतीय भएका छन् ।

त्यस्तै त्रिपल जम्प, १५०० मिटर दौड, १०० मिटर दौड ८०० मिटर दौड लगायत एथलेटिक्सका प्रतियोगिता सम्पन्न भएका थिए भने मंगलबार फुटवल, भलिवल, कवड्डी लगायतका खेल हुने बताइएको छ ।

प्रतियोगितामा सामुदायिक तर्फ १० र संस्थागत तर्फ १० वटा गरी जम्मा २० विद्यालयले सहभागीता जनाएको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *