Sajhamanch Archive

कमल गाउँपालिकामा सञ्चालित तेह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वण्डरल्याण्डकोे पोल्टामा

Published: in खेलकुद, स्थानीय तह by .

कमल । कमल गाउँपालिकामा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वण्डरल्याण्ड अग्रेजी वोर्डिङ्ग स्कुलको पोल्टामा परेको छ ।

वण्डरल्याण्डले स्वर्ण १६, रजत २,कास्य ६ गरी जम्मा २४ पदक जितेर प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा स्वर्ण ४, रजत ८, कास्य ५ गरी जम्मा १७ पदक जितेर शहिद धर्मभक्त माध्यमिक विद्यालयले द्वितीय स्थान ओगटेको हो । त्यसैगरी स्वर्ण ४, रजत १,कास्य ३ गरी जम्मा ८ पदक जितेर निहारीका अंग्रेजी वोर्डिङ्ग स्कुल तृतीय भएको छ ।

रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत सम्पन्न ३ हजार मिटरको छात्र तर्फको दौडमा शहिद धर्मभक्त माध्यमिक विद्यायलयकी छात्रा नम्रता धिताल प्रथम सरस्वती माध्यमिक विद्यालयकी छात्रा शुष्मा राई द्वितीय र महेन्द्र रत्न माध्यमिक विद्यायलकी छात्रा रोमिसा बुढाथोकी तृतीय स्थान हासिल गरेकीे खेलकुद सचिवालय संयोजक मधुशुधन अधिकारीले जानकारी दिए ।

त्यसैगरी छात्र तर्फको ३ हजार मिटरकोे दौडमा नरेन्द्र जनता माध्यमिक विद्यालयका सिसन राई प्रथम, सरस्वती माध्यमिक विद्यालयका रविन लिम्वु द्वितीय र वण्डरल्याण्ड अग्रेजी वोर्डिङ्ग स्कुलका डम्वर कुमार श्रेष्ठ तृतीय भएका संयोजक अधिकारीले जानकारी दिए ।
छात्रतर्फको भलिवल खेलमा निहारिका अग्रजी वोडिङ्ग स्कुल प्रथम, शहिद धर्मभक्त माध्याकि विद्यालय द्वितीय र वण्डरल्याण्ड अग्रेजी वोर्डिङ्ग स्कुल तृतीय तथा छात्रा तर्फको भलिवल खेलमा मा लालिमा आवाशिय माध्यमिक विद्यालय प्रथम, पाथिभरा अग्रेजी वोडिङ्ग स्कुल द्वितीय र निहारीका अग्रजी वोडिङ्ग स्कुल तृतीय भएको आयोजकले जनाएको छ ।

छात्र तर्फको कवड्डी खेलमा वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुल प्रथम , मंगलमय माध्यमिक विद्यायल द्वितीय, निहारीका अग्रजी वोडिङ्ग स्कुल तृतीय भएको हो भने छात्रा तर्फको खेलमा वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुल प्रथम, कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालय द्वितीय र मंगलमय माध्यमिक विद्यालय तृतीय भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सामुदायिक तर्फ १० र सस्थागत तर्फ ६ वटा गरि जम्मा १६ वटा विद्यालय सहभागी रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *