Sajhamanch Archive

शिवसताक्षीको दूधेमा एम्बुलेन्स दुर्घटनाः चालक घिमिरेको मृत्यु

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । झापाको शिवसताषी स्थित दूधे चौकमा एम्बुलेन्स एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज विहान शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रत भई दुर्घटना भएको हो ।

एम्बुलेन्स चालक ललितपुर गोदावरी न.पा. ७ बस्ने २० वर्षीय उत्सब घिमिरेको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । एम्बुलेन्समा सवार अर्का सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

उपचारका लागि लगिएका चालकको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । क्षतिग्रत एम्बुलेन्स इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *