विराट गोल्डकपः विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा
Published:
by .विराटनगर। विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि एफिएफका सनिश श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो । खेलको १५ औं मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रस पासमा कप्तान दिपक राईले डिबक्स एरियादेखि गोल गर्ने सुन्दर अवसर खेर फाले । खेलको २७ औं मिनेटमा २०७२ को विराट गोल्डकपको उपबिजेता एपीएफका खेलाडी श्याम नेपालीले गरेको उत्कृष्ट प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिए ।
पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन ।
पहिलो हाफमा १ –० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफदेखि विराटनगर आक्रमक खेल्यो । खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो । समिरले गोल गरेसँगै खेल बराबारीमा ल्याए । विराटनगरले दोस्रो हाफपछि गोल गरि खेल बराबारी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रबि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।
दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनटे बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेल बराबारीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबारीमा ल्याएका हुन् ।
घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरदा थप गोल्ने गर्ने अवसर गुमायो ।
९० औं मिनेटको निर्धारित समयसम्म २÷२ गोलको खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्क्त समय थप गरिएको थियो । थप गरिएको अत्तिरिक्क्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।
विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा विराटनगरले हार व्यवहोरेको छ । खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
बिहीबारको खेल आरा रारा गोल्डकपका बिजेता संकटा ब्याइज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पंजाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । संकटाले क्यामरुनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।
Comments