Sajhamanch Archive

दिनार, दिर्हाम र रियालको भाउ उकालो लाग्दै

Published: in अर्थतन्त्र by .

काठमाडौं ।आइतबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ । त्यस्तै रियाल र दिर्हामको भाउ पनि बढेको छ ।

तर शुक्रबारको तुलनामा कोरियन वनको भाउ भने केही पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १३ र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *