Sajhamanch Archive

एनएमसीले दियो सशस्त्र प्रहरीलाई पानी ट्यांकी

Published: (Updated: ) in विविधा, समाज, सहकारी by .

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १हजार लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ ।

संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो ।
एनएमसीको बाहुण्डाँगी कार्यालय मार्फत बाहुण्डाँगी कार्यालयगत एकाइ समिति संयोजक हरिप्रसाद उप्रेती र कार्यालय प्रमुख हरिप्रसाद मादेनको उपस्थितिमा ट्याङ्की हस्तान्तरण गरिएको छ ।

एनएमसीले विभिन्न समयमा विभिन्न खाले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *