Sajhamanch Archive

प्रथम वडाध्यक्ष कपः वडा नं.६ सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद by .

बुद्धशान्ति । बुद्धशान्ती वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ६ बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सेमिफाइनल प्रबेशका लागि वडा ६ का जर्सी नम्बर ११ का गणेश मगरले दोस्रो हाफको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको बुद्धशान्ती प्रेस क्लबका उपाध्यक्ष आयुस निरौलाले जानकारी दिए । खेलको अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेल निकै रोमान्चित भएको थियो ।

बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा बुद्धशान्ती १ ए र २ यसअघिनै सेमिफाइनलमा प्रबेश गरिसकेको छ भने भोलि (मङ्गलबार) वडा ७ र १ को बि बिचको खेल सङ्गै सेमिफाइनल समीकरण पूरा हुने खेल संयोजक तथा वडाध्यक्ष शम्भु प्रसाद पौड्यालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *