Sajhamanch Archive

काँकरभिट्टा देखि बुटवल सम्मको सडक चार लेनमा विस्तार हुँदै,

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by .

झापा । पूर्वपश्चिम राजमार्ग चार लेन विस्तार हुने भएको छ । पूर्व पश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको हो ।

काँकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । ‘पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गर्ने सरकारी योजनाअनुसार २ सडकखण्डको ठेक्का लागेर निर्माण प्रक्रिया शुरु भइसकेको छ बताएको छ । केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ महानिर्देशक थापाले भने, ‘केही खण्डमा डीपीआर तयार गर्ने परामर्शदाता छनोट हुने क्रममा छन् ।

पूर्व–पश्चिम राजमार्गको कूल लम्बाइ १०२८ किलोमिटर छ । यसको आधाभन्दा धेरै भाग ७ वर्षभित्र ४ लेनको बनाउन लागिएको हो । सरकारले दातृ निकायको ऋण सहयोगमा २ लेनको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–बुटवल सडकखण्ड ४ लेनमा स्तरोन्नती गर्न खोजिएको हो । यी सडकखण्ड एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियपूर्ण कर्जामा बनाउन शुरु गरिएको छ । नारायणगढ –बुटवल कमला–कञ्चनपुर काँकडभिट्टा–लौकी पथलैया–नारायणगढ एशियाली विकास बैंक (एडीबी) को सहयोगमा बन्नेछ भने कमला–ढल्केबहर–पथलैया विश्व बैंकको सहयोगमा बन्नेछ ।

काँकडभिट्टा–बुटवल सडकखण्ड आर्थिक वर्ष २०८४÷८५ सम्ममा निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको महानिर्देशक थापाले बताए काँकडभिट्टा–बुटवल सडक खण्डको लम्बाई करिब ५८९ किलोमिटर छ । सडक नेपालको प्रमुख यातायातको माध्यम हो । बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ । २०१९ सालमा निर्माण गरिएको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती नुहँदा जीर्ण हुँदै गएको छ । यसले सवारीको इन्धन र पाटपूर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *