युवा संघले बनाउन सुरु गर्यो, अग्नी पीडित खड्काको घर
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ झारबारिका अन्नि पीडितको घर नेकपा एमालेको भातृ संगठन युवा संघले बनाउन सुरु गरेको छ ।
बुधबार विहान युवासंघ नेपालका शिवसताक्षी नगर अध्यक्ष फुर्वा तामाङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य निसा लिम्बु लगायतले संयुक्त रुपमा घरको शिल्यान्यास गरेका हुन् ।
गएको चैत्र २७ गते राती विद्युत सर्ट भई रामबहादुर खड्काको घर आगलागीमा परेर नष्ट भएको थियो । युवा सङ्घका शिवसताक्षी नगर अध्यक्ष तामाङले जनश्रमदान सहित चार कोठाको घर निर्माण गरिदिने बताए। त्यसका लागि निर्माण सामग्रीको प्रबन्धपनि युवा संघले गर्ने उनले जानकारी दिएका छन् । घर निर्माणका लागि युवा संघले करिव ६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको छ ।
युवा संघ ले ४५ दिन भित्रैमा घर निर्माण सम्पन्न गरेर पीडित परिवारलाई हस्तान्तरण गरिने जनाएको छ ।आगलागीबाट खड्का परिवारले वर्षभरि खान राखेको अन्नपात, लत्ता कपडा लगायतका अन्य सामग्री जलेर नष्ट भएको थियो ।
स्थानीयवासी, राजनीतिक दल, जनप्रतिनिधि, युवासंघका नेता(कार्यकर्ता बीच खड्काको घर निर्माणका लागि काठ र जस्तापाता बाहेक युवासंघ नेपालको शिवसताक्षी नगरले निर्माण गरिदिने विषयमा ऐक्यबद्धता जनाएका थिए ।
राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको अगुवाइमा घर निर्माण शुरु भए सङ्गै छिमेकीको घरमा आस्रय लिएर बस्न बाध्य आगलागी परिवारमा राहत मिल्ने देखिएको छ । बुधबार घर सिलान्यास कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य सन्तोष पौडेल , शिवसताक्षी पार्टी नगर कमिटी सदस्य बुद्धि राज लक्सम, देवेन्द्र खरेल ,युवा संघ क्षेत्र न ४ को सदस्य एवम् शिवसताक्षी बोड सदस्य जितेन्द्र शाह
मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर अध्यक्ष सुजन भेट्बाल मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर सचिब सागर राई लगायतको सहभागिता रहेको थियो ।
Comments