Sajhamanch Archive

राजदूतसँग सगरमाथाको भेटवार्ता

Published: (Updated: ) in विविधा, समाज by .

दुवई । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसँग युएईमै रहेको ूसगरमाथा साहित्य प्रतिष्ठान नेपालूको एक टोलीले आज ०८ बशाख बुधबार भेटवार्ता गरेको छ ।

राजदूत ढकालको कार्यकक्षमा भएको भेटमा सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गर्दै आएको साहित्यिक गतिविधिको बारेमा संस्थाको तर्फबाट जानकारी गराइएको थियो । परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायामान गरिराखेको प्रति राजदूत ढकालले सगरमाथाको प्रशंसा गर्दै आगामी दिनमा गर्ने हरेक कार्यको लागि शुभकामना पनि दिएका छन् ।

राजदूत ढकालले युएईमा भइरहेका साहित्यिक गतिविधिलाई आफूले नियालिरहेको र यसले आफूलाई प्रभावित र खुशी बनाएको समेत दावी गरे । भेटवार्ताका क्रममा उनले आगामी दिनमा दूतावासबाट हुने साहित्यिक कार्यक्रममा सगरमाथासँग सहकार्य गर्ने र सगरमाथाले गर्ने साहित्यिक कार्यक्रममा पनि दूतावासको सहभाहिता रहने वचन दिए । नेपाली भाषा सहित्यको विकासका लागि प्रवासमा रहेका सर्जक र साहित्यिक संघ संस्थाको महत्त्वपूर्ण भूमिका रहँदै आएकोले यस्तो कार्य निरन्तर हुनु आवश्यक रहेको राजदूत ढकालको भनाई थियो ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट केन्द्रीय महासचिव डि जि शर्मा, केन्द्रीय सदस्यद्वय कृष्ण घिमिरे र राज यात्री लम्साल ज्यूको सहभागिता रहेको भेटका क्रममा संस्थाले भर्खरै बजारमा ल्याएको संयुक्त कविता संग्रह ूकविताहरुको सगरमाथाू उपहार स्वरुप दिइएको केन्द्रीय महासचिव शर्माले जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *