शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा रगत अभाव झेलिरहेका बालकलाई १० हजार सहयोग
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडमा प्रधानकार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बालबचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
मेचीनगर–१४धाइजनघर भएका सात वर्षीय राजवंशी शरीरमा रगतउत्पादननहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाकातर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
सदस्य सेवा केन्द्र दुहागढीमा खाताखोलेर नियमित कारोबार गर्दै आएकी संगीता राजवंशीलाई छोराको उपचार सहयोगकालागि संस्थाले रकम हस्तान्तरण गरेको सचिवदीपश धौरालीले जानकारी दिए ।
स्थानीय सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका राजवंशी दुई वर्षदेखि शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीडित छन् । मेची प्रादेशिक अस्पतालमा उनको नियमित उपचार हुँदै आएको छ ।
पछिल्लो समय हरेक दुई महिनामा छोरालाई रगत चढाउनु पर्ने अवस्था आएको आमा संगीताले बताइन् । एक पटकमा अनिमेषलाई दुई पिन्ट रगत चढाउनु पर्छ । यस बाहेक उनलाई नियमितऔषधि खुवाउने गरिएको छ ।
सुरुमा शरीर पहेंलो हुँदै जानथालेपछि राजवंशी परिवारले जन्डिसको उपचार गरेको थियो । तर, ठीक नभएपछि स्वास्थ्य जाँच गर्दा अनिमेषको शरीरमा रगत उत्पादन नहुने समस्या पत्ता लागेको हो ।
समस्या पहिचान भए यता दुई वर्षदेखि अनिमेषलाई ‘ए’ पोजेटिभ समूहको रगत दिइँदै आएको छ । चतुर स्वभावका अनिमेष अर्काले दिएको रगतको भरमा बाँचिरहेका छन् ।
अनिमेषको उपचारका लागि आर्थिक सहयोग गरिदिन संस्थाका अध्यक्ष न्यौपाने र सचिव धौरालीले बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था र सरकारी निकायलाई अपिल पनि गरेका छन् ।
Comments