Sajhamanch Archive

सीमानाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

Published: in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।

भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सो निर्देशन दिएकी हुन् । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्के लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिइन् । सामाजिक विकास मन्त्री राईले भनिन् दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरवाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न उहाँले निर्देशन दिइन् । उनले भनिन् मुख्यनाकाबाटमात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’

शसस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताइन् । उनले शंकास्पदहरुको चेकजाँच गरि सम्बन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराइन् ।

खुल्ला सीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको उनले बताइन् । पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको मन्त्री राई भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *