Sajhamanch Archive

प्लास्टिक झोला नहटाउनू : सर्वोच्च अदालत

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोलाप्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्लास्टिक उद्योगीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला नियन्त्रण गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

वन तथा वातावरण मन्त्रालयले गत २३ जेठमा मन्त्रिस्तरीय निर्णयबाट ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला नियन्त्रणतथा नियमन गर्ने र अन्य झोलाको हमा वैकल्पिक झोलाको प्रवर्धन गर्ने कार्यक्रमसहित नेपाल स्वच्छ महाअभियान(२०७४) सुरु गरेको थियो।

सरकारले वैकल्पिक व्यवस्थासहितको महाअभियान सुरु गरे पनि अदालतको यो आदेशले प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने सरकारी निर्णयमा ठेस पुगेको ठेस पुगेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनाए।

राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *