कमलनगर जेसीजको एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न
Published:
by .कमल । नेपाल जेसीजको आयोजना तथा कमलनगर जेसीजको आतिथ्यतामा शनिवार एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ स्थित होटल रोडवेज एण्ड पाटी प्यालेसमा सम्पन्न एरिया ए प्रेसिडेण्ट मिटमा मलङ्गवा पूर्व रहेका ४१ वटा जेसीज शाखाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मरिससको अवैधानिक वाणिज्य राजदुत गणेश कार्की र विशेष अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्तरुपमा कमल नगर जेसीजले तयार पारेको २०७८ सालको क्यालेण्डर विमोचन तथा कमलनगर जेसीजले तयार पारेको वृतचित्रको प्ले बटम थिचेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उद्घाटन पछि कार्यक्रम सफलताको शुभकामना मन्तव्यका क्रममा बोल्दै प्रमुख अतिथी कार्कीले युवाले मात्र समृद्ध नेपाल बनाउन सक्छन् र त्यो काम भनेको जेसीजको तर्फबाट मात्र सम्भव हुने बताए ।
उनले कोभिड १९का कारण धेरै युवा विदेशबाट फर्किएका युवाहरुलाई स्वादेशमै रोजगारीको व्यवस्था मिलाउन आवश्यक हरेको बताए। । त्यसका लागि सरकारले निजी उद्योग सन्चालनका लागी आवश्यक व्यवस्था मिलाउन आवश्यक भएको छ। उनले भने, हाल विदेशी उत्पादन प्रथमिकता दिदै आईरहेको अवस्थामा नेपाली उत्पादन पनि विदेशी भन्दा कम नभएकोले हामीले स्वदेशी उत्पादनलाई साथ दिए मात्र समृद्ध छटै आउने कार्कीको जोड थियो ।
कमल नगर जेसीजले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । जेसीजमा आवद्ध भएर धेरै युवाहरु देश निर्माणमा लागेका छन् । यो अत्यन्तै राम्रो पक्ष हो । उनले भनिन्, कतिपय युवाहरु आजपनि कुलतमा फसेर आफु र समाजमा विकृती निम्त्याई रहेका छन् । यसमा हामी सबै मिलेर यसको अन्त्यगर्न आवश्यक छ ।
कोभिड १९ का कारण धेरै युवा विदेश बाट फर्किएर आएका छन् । उनीहरुलाई रोजगारीका लागी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको समेत अध्यक्ष काफ्लेले जानकारी दिइन् ।
जेसीजमा लागेर आफुले आफुलाई कति परिवर्तन गर्न सके यसको मुल्याङ्कन आफै गर्न कमल नगर जेसीजका वर्तमान उपाध्यक्ष अरुण कुमार दाहालले सुझाए
कमल नगर जेसीजका वर्ष २०२१ छत्रपति खनाल (गोपाल )को अध्यक्षतामा कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको थियो ।
Comments