Sajhamanch Archive

कोरोना संक्रमितको संख्या बढेपछि गौरीगञ्जको १ नं. वडा लकडाउन

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

गौरीगंज । कोरोना भाइरसको दोस्रो लहर फैलन थालेपछि गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ ले लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले लकडाउन गर्ने निर्णय गरेको हो ।

वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा आज विहान वसेको वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । वार्ड नं. १ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले आपत्तकालिन बैठक बोलाएको थियो ।

बैठकले लकडाउन अवधि भर अत्यावश्यक खाद्यन्य र औषधि पसल दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र खोल्न पाउने बैठकले निर्णय गरेको वडा कार्यालयले जनाएको छ । अन्य पसलहरु पूर्ण रुपले बन्द गर्ने निर्णय भएको वडाध्यक्ष राजवंशीले जानकारी गराएछन् ।भारतीय सीमासँग जोडिएको वडा भएकाले भारत तर्फबाट मानिसहरु आउन सक्ने भएका कारण सीमामा पनि पूर्ण रुपमा रोक लगाइएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *