Sajhamanch Archive

इटहरीका महिलाहरुले बनाए, थाकलबाट व्याग र ह्याट

Published: in विविधा, समाज, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र ह्याट वनाएका छन ।

इटहरी उपमहानगर उपमेयर आत्निर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समुदायिका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट वनाएका हुन ।तालिमको चन्द्रावती चौधरीले सहजीकरण गरेकी थिइन् ।

तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुले थाकलवाट यति राम्रा समाग्री वन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिए । सहभागीहरु ओम कुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक वन्ने आत्मविश्वास वढेको बताए । इटहरी १८ का महिला मेहनती रहेको भन्दै सहजकर्ता चौधरीले प्रशंसा गरेकी थिइन् । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका सामाग्री निर्माण गरि वडा नम्वर १८ को पहिचान वनाउन आग्रह गरिन् । उनले उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता जनाइन् । वडाध्यक्ष राम कुमार चौधरीले वजार र पूँजीको अभाव हुन नदिने बताए । स्थानीय नेत्री अम्विका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक वन्न सल्लाह दिएकी थिइन् । कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकलवाट विभिन्न समाग्री वनाएर वेच्न उत्साहित रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *