Sajhamanch Archive

दमकका सरकारी कार्यालयमा सेनिटाइज गरियो

Published: in विविधा, समाज by .

दमक । सेवाग्राहीहरुको धेरै भिडभाड हुने दमकको दुई सरकारी कार्र्यालयमा कोरोनो भाइरस रोकथाम नियन्त्रणका लागि सेनिटाईजर स्प्रे गरिएको छ ।

सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले आज बिहान इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाईजर स्प्रे गरेको हो । युवा समाज र हेप्पी नेपालको टोलीले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना कोभिड १९ को संक्रमण नहोस भनेर सेनिटाइजर स्प्रे गरेको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताए ।

प्रशासन कार्यालयको नागरिकता फाँट,राहदानी फाँट, प्रहरी कार्यालय दमकको प्रहरी हिरासत, प्रहरी ब्यारेक,सोधपुछ कक्ष,मुद्दा फाँट लगायतको ठाउँमा सेनिटाइजर स्प्रे गरिएको ह्याप्पी नेपालले जनाएको छ ।

त्यसै गरि आज बिहान नै दमक बजारका बिभिन्न ठाउँमा उधोग बाणिज्य संघ दमकले सर्वसाधारणहरुलाई सर्जिकल माक्स बितरण गरिएको बताइएको छ । एता दमकको पूर्व बस स्टेण्ड परिसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ दमकले सवारी चालक ,यात्रुहरु र सर्बसाधारणलाई सर्जिकल माक्स वितरण गरिएको मजदुर नेता रन्जित यादवले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *