Sajhamanch Archive

विहीबार प्रदेश १ मा २७० जना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ माआज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरङ्गमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालन थानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीयतह नखुलेका २, झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बा¥हदशीमा १–१ र स्थानीयथहनखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३२ हजार ३६० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १५ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ ।प्रदेश १ माआज७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १२५ महिला र १७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *