बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो र माधव नेपालजीको भेट भएको थियो। प्रधानमन्त्रीले त्यसमा भ्रममा नपर्न भन्नुभयो।’ बिहीबार प्रेस सेन्टर नेपाल […]
काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । एमालेले निर्वाचन जितेको […]
एजेन्सी, मिस वर्ल्ड २०२१ को उपाधि पोल्यान्डकी सुन्दरीले जितेकी छन्। नेपाली समयानुसार बिहीबार बिहान पुएर्टो रिकोस्थित सान जुआनमा भएको प्रतिस्पर्धामा पोल्यान्डकी कारोलिना बिएलावस्का मिस वर्ल्डको उपाधि लिन सफल भएकी हुन्। अमेरिका, मेक्सिको, उत्तरी आयरल्यान्ड र आइभरी कोस्टका प्रतिस्पर्धीलाई पछि पार्दै कारोलिनाले उपाधि जितेकी हुन्। कोरोलिनालाई सन् २०१९ की मिस वर्ल्ड टोली–एन सिंहले मिस वर्ल्डको ताज […]
रौतहट, रौतहटमा गएराति पिकअप गाडी अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना प्रहरी घाइते भएका छन्। रौतहटको वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बुधवार राति साढे ८ बजे चपुरबाट गरुडातर्फ जाँदै गरेको बा१७च ६१६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई पानको घुम्तीमा ठोक्किएको थियो। पानको घुम्तीमा ठोक्किएपछि अनियन्त्रित गाडी ना४३प ७३२७ नम्बरको मोटरसाइकलमा ठोक्किएर अगाडि […]
काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य […]
काठमाडौं, सरकारले यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्। १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन्। सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।
एजेन्सी, भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ मा युभेन्टसलाई समग्रमा ४–१ गोल अन्तरले हराउँदै भिलारियलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। अन्तिम १६ को पहिलो लेगमा १–१ को बराबरी खेले पनि बुधबार राति भएको दोस्रो लेगमा भिलारियल ३–० ले विजयी भएको हो। बुधबारको खेलमा ७८ औं मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल […]
एजेन्सी, अमेरिकाले युक्रेनलाई १ सयभन्दा धेरै घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको प्रतिकारको लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित विन्दुमा निशाना लगाएर प्रहार गर्नको […]
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो। यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी […]
मेलम्ची, गतसाउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार ९बफर ड्याम० हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो […]