Sajhamanch Archive

सबै दलले आफ्नै दलीय चिह्नबाट लड्न पाउँछन् : आयोग

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सबै दलले आफ्नै दलीय चिह्नबाट लड्न पाउँछन् : आयोग.

काठमाडौं, अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका अन्य दलले आफ्नै दलीय चिन्ह्रबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्। बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको मान्यता प्राप्त गरेको उम्मेदवारबाहेक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता […]

स्वास्थ्य मापदण्ड अपनाएर फागुपूर्णिमा मनाउन प्रधानमन्त्रीको आग्रह

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य मापदण्ड अपनाएर फागुपूर्णिमा मनाउन प्रधानमन्त्रीको आग्रह.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड […]

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा.

काठमाडौ, बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद मोहन बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा छुटेका हुन् । जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि […]

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै.

काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए । निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा […]

विविधताबीचको एकता नै नेपालीको पहिचान र सामर्थ्य : राष्ट्रपति भण्डारी

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on विविधताबीचको एकता नै नेपालीको पहिचान र सामर्थ्य : राष्ट्रपति भण्डारी.

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएकी छन् ।​ होलीको शुभकामना सन्देश जारी गर्दै भण्डारीले विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको बताएकी छन् । त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने […]

पीएनजीमाथि नेपालको २ बिकेटको संघर्षपूर्ण जीत

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पीएनजीमाथि नेपालको २ बिकेटको संघर्षपूर्ण जीत.

काठमाडौ, रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ् खेलेपछि नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको छ। दोस्रो ओभरमा कुशल भुर्तेलले १ रनमै विकेटकिपर डोबाडो बाउलाई क्याच थमाए। अर्को ओभरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल(४)लाई नोर्वमान भानावले एलबीडब्लुको सिकार बनाए। नवौं ओभरमा लयमा रहेका दीपेन्द्रसिंह ऐरी ८ र लगत्तै आसिफ सेख १६ रनमा आउट भएपछि नेपाल दबाबमा […]

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन.

बुटवल, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा […]

सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा ल्यायो : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा ल्यायो : प्रधानमन्त्री देउवा.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप […]

नेपाल टेलिकमले ल्यायो होली विशेष अफर

Published: in अर्थतन्त्र, विविधा, by . Leave a Comment on नेपाल टेलिकमले ल्यायो होली विशेष अफर.

काठमाडौं– नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ। त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ […]

कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर.

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ। गाई निर्वाचन चिह्न दावी गरिरहेको थापा नेतृत्वको पार्टीले उक्त चिह्न नपाउने आयोगको भनाइपछि भएकामध्ये तीर रोजेको हो। पार्टी अध्यक्ष थापाले आज जिल्ला अध्यक्षसँग भएको भर्चुअल साक्षात्मकारमा उक्त कुरा जानकारी गराएका हुन्। उनले आफूहरुले मागेको […]