लहान, जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी […]
काठमाडौँ, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको जनाएको छ । निजहरूको बयानसँगै नयाँ तथ्य खुल्दै गर्दा मुख्य योजनाकार भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र […]
काठमाडौँ, नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, […]
सर्वोच्च अदालतको २३ फागुन (२०७८) को आदेशबाट विघटित नेकपाको दुई घटक थिए, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)। र, अन्तिम अवस्थासम्म नेकपा विभाजन हुन नदिनेमध्येका एक प्रमुख पहलकर्ता थिए, दशौँ महाधिवेशनबाट निर्वाचित एमाले महासचिव शंकर पोखरेल। राजधानीमा आइतबार (११ पुस) देखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रलाई शुभकामना–सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा विभाजनका कारणहरुको गम्भीर […]
काठमाडौं, सरकारले पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ । फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए । घोलक आउनेबित्तिकै खोप […]
काठमाडौ, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी थालेको छ। भ्रमणका सम्भावित एजेन्डाबारे परराष्ट्र सचिव भरतराज पौड्यालले आइतबार अर्थ, ऊर्जा र गृह लगायत विभिन्न मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन्। ‘प्रधानमन्त्रीको भ्रमणका लागि प्रारम्भिक तयारी बैठक बसेको हो’, परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, ‘अर्को बैठकमा मन्त्रालयहरुले आफ्ना तर्फबाट संभावित एजेन्डा पेश गर्नेछन्।’ प्रधानमन्त्री आगामी […]
काठमाडौ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघिसम्मका सहयात्री एमव् एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती दलालको संज्ञा दिएका छन्। सोमबारदेखि जारी माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष तीन नेताबारे फरक टिप्पणी गरेका हुन्। दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रसंशा गरेका छन्। तर, […]
काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । प्रदेशका ९ वटा समूह छन् । ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा […]
जनकपुरधाम– प्रदेश २ को नामकरणका प्रदेशसभामा फेरि एकपटक प्रक्रिया सुरु गरिएको छ। राजनीतिक दलहरुले प्रदेशसभामा नामका प्रस्ताव प्रस्तुत गरिसकेका छन्। प्रदेशसभा बैठकमा प्रदेशको नाम तोक्न ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएको हो। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई […]
काठमाडौं, पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १५६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ७२९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]