Sajhamanch Archive

साताको दोस्रो दिन सेयर बजारमा भारी करेक्सन, बजार ६९.७७ अंकले ओरालो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको दोस्रो दिन सेयर बजारमा भारी करेक्सन, बजार ६९.७७ अंकले ओरालो.

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा भारी करेक्सन आएको छ। बजार आज ६९.७७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२१.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दूमा ओर्लेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। शाइन […]

अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा.

नेपाली महिला टोलीले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। एक खेलअगावै फाइनल पुगिसकेको नेपाली टोलीले लिग चरणको अन्तिम भिडन्तमा कीर्गिस्तालाई सोझो सेटमा पराजित गर्यो। बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–८, २५–१४ र २५–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। नेपालले […]

हाइड्रोपावरको पाइप परीक्षणका क्रममा पड्किँदा दुई ईन्जिनियरको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हाइड्रोपावरको पाइप परीक्षणका क्रममा पड्किँदा दुई ईन्जिनियरको मृत्यु.

सोलुखुम्बु, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकबा छन् । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पतालमा पुर्याउँदा मृत्यु भएको […]

माओवादी महाधिवेशनको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी महाधिवेशनको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन.

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पूर्णाकुमारी सुवेदी, परशुराम तामाङ, पर्शुराम रम्तेल र रूपा महर्जन छन्। अहिले अध्यक्ष पुस्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ।​ आइतबार महाधिवेशन उद्घाटन गरिएको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा […]

आजदेखि माओवादीको बन्दसत्र, बन्दसत्र आज बिहान ११ बजे सुरु हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आजदेखि माओवादीको बन्दसत्र, बन्दसत्र आज बिहान ११ बजे सुरु हुने.

काठमाडौ, काठमाडौंमा आइतबार सुरु नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज ९सोमबार० बन्दसत्र सुरु हुँदै छ। बन्दसत्र उद्घाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुनेछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बन्दसत्र आज बिहान ११ बजे सुरु हुनेछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १७ सय पुगेको पनि उनले जानकारी दिए। सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि […]

फेरियो अक्षराङ्कन विधि : १ देखि १२ सम्म एउटै मापदण्ड

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on फेरियो अक्षराङ्कन विधि : १ देखि १२ सम्म एउटै मापदण्ड.

काठमाडौँ, विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए)  १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न […]

एमसीसीबारे प्रधानमन्त्रीको व्यक्तिगत विचार : अध्यक्ष दाहाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे प्रधानमन्त्रीको व्यक्तिगत विचार : अध्यक्ष दाहाल.

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा दिएको धारणा व्यक्तिगत विचार रहेको बताएका छन्। माओवादीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। महाधिवेशनमा बोल्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव दिएका थिए। त्यसको जवाफ दिने क्रममा दाहालले भने, ‘प्रधानमन्त्रीजीले […]

अहिलेको गठबन्धन संसद् र संविधान बचाउने हो, निर्वाचनसम्मै जाओस् भन्ने चाहेको छु : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अहिलेको गठबन्धन संसद् र संविधान बचाउने हो, निर्वाचनसम्मै जाओस् भन्ने चाहेको छु : प्रधानमन्त्री देउवा.

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन कसैको विरुद्ध नभएको बताएका छन्। उनले संसद् र संविधान बचाउन यो गठबन्धन बनेको दाबी गरे। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्‍घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन एमाले वा अरु कसैकाविरुद्ध नभएको प्रस्ट पारे। ‘म पनि संविधान निर्माणमा संलग्न थिएँ। यो संविधानमै संसद् विघटन […]

राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : अध्यक्ष नेपाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : अध्यक्ष नेपाल.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियताको नाममा वंश वा व्यक्तिको दास बन्ने कुरा स्वीकार नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेपालले राष्ट्रियताका सन्दर्भमा जुनसुकै विचार बोकेपनि सहकार्य हुने बताए । ‘राष्ट्रियताको कुरा हो भने सबै दलहरुको एकता अवश्य हुन्छ । तर राष्ट्रियताका नाममा […]

माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरु.

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ । ५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १,६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी […]