Sajhamanch Archive

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ दलले गरे दल दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ दलले गरे दल दर्ता.

काठमाडौं, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ । ‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने […]

यस्ता निर्णय गर्दै सकियो काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यस्ता निर्णय गर्दै सकियो काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक.

काठमाडौं, नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी […]

२४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु.

काठमाडौँ, पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ […]

एमालेले आगामी निर्वाचनसम्म संसद अवरोध गरिरहन्छ : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमालेले आगामी निर्वाचनसम्म संसद अवरोध गरिरहन्छ : अध्यक्ष ओली.

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले […]

एकीकृत समाजवादीसँग एकता हुन्छ : अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एकीकृत समाजवादीसँग एकता हुन्छ : अध्यक्ष दाहाल.

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सम्भावना औंल्याएका छन्। राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै दाहालले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन्। ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ’, उनले भने, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

ताप्लेजुङको घुन्सा र ओलाङ्चुङगोलामा हिमपात, चिसाले जनजीवन प्रभावित

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on ताप्लेजुङको घुन्सा र ओलाङ्चुङगोलामा हिमपात, चिसाले जनजीवन प्रभावित.

ताप्लेजुङ, ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा शुक्रबारदेखि शुरु भएको हिमपात अहिले जारी रहेको छ । स्थानीयका अनुसार उच्च डाँडाकाँडासहित हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा हिमपात जारी रहेको हो । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर)मा शनिबार विहानैदेखि हिउँ पर्ने क्रम जारी रहेको छ । त्यस्तै ओलाङ्चुङगोला, फक्ताङ्लुङकै वडा नं। ६ […]

म सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्छु : सभापति देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on म सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्छु : सभापति देउवा.

काठमाडौं– कांँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए। केन्द्रीय कार्यालय सानेपामा शनिबार नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु। आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु। […]

होकलाबारीदेखि सताक्षीधामसम्मको सडक कालोपत्रे गर्न थालियो

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on होकलाबारीदेखि सताक्षीधामसम्मको सडक कालोपत्रे गर्न थालियो.

झापा, झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होलाबारी सम्मको सडक कालोपत्रे हुन थालेको छ । प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ कडोरको लागतमा २७ किमी सडकको तीब्र रुपमा भइरहेको छ । शुक्रबार प्रदेश सांँसद झलकसिंह दर्लार्मीले उद्घाटन गरेका थिए । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडकमध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि।मी […]

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण.

दमक, झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ। अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो। विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता […]

एमाले संसद् अवरुद्ध गरेर संसद विघटनलाई बैधानिकता दिने प्रयासमा : अध्यक्ष दाहाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसद् अवरुद्ध गरेर संसद विघटनलाई बैधानिकता दिने प्रयासमा : अध्यक्ष दाहाल.

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले गरिरहेको संसद् अवरोधलाई गाईजात्राको संज्ञा दिएका छन्। शनिबार केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेको गतिविधि लोकतन्त्रविरोधी, निरंकुश, हास्यास्पद र लज्जास्पद भएको बताए। सर्वोच्चको फैसला छ। निर्वाचन आयोगको फैसला छ, एउटा पार्टीलाई मान्यता दिएको छ। अब […]