काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य […]
एजेन्सी, बंगलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । फेरीमा ५०० यात्रु सवार थिए । ‘तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ […]
काठमाडौँ, अर्थतन्त्रका महत्त्वपूर्ण सूचक कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामै आयात चुलिएको छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको र शोधनान्तर घाटामा रहेर चाप बेहोरिरहेको आयातबापत छोटो समयमै ठूलो रकम बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आयातका […]
काठमाडौ, माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। केहीबेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। ‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले भने, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिने छ।’ माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ […]
काठमाडौ, थप ६ लाख ६४ हजार भन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६लाख ६४हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ […]
जनकपुर, नेपाली कांँग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका कृष्णप्रसाद यादव प्रदेश सभापति पदमा विजयी भएका छन्। केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांँग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ। रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई […]
काठमाडौं, नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत १३४ पदको मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा सम्पन्न गरेको थियो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सम्पन्न गरेको हो । एक सय ३४ पदमा निर्वाचित पदाधिकारी […]
काठमाण्डौ । पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा […]
काठमाडौ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत थप २३२ कर्मचारीको सरुवा गरेको छ। लामो समयदेखि अन्तस्र्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर २१ मा मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६१३ कर्मचारीको […]
काठमाडौं– बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार) बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ। आजै सम्पन्न पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ। पहिलो दुई सेट गुमाएको नेपालले पुनरागमन जीत निकालेको हो। नेपालले पहिलो सेटमा १९ अंक जोड्दा श्रीलंकाले २५ अंक पूरा गरेको थियो। दोस्रो सेटमा नेपालले २१ अंक बनाउँदै गर्दा श्रीलंका जीत निकाल्न […]