काठमाडौं- नेपाली कांँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले १० गते बैठक बोलाउने भएपनि समय भने तय भइनसकेको पनि जानकारी दिएका छन्। त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित […]
काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ। बजार आज ९२.१६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०७.७० को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ को विन्दूमा उक्लिएको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। सक्रिय लगानीकर्ता प्रकाश रजौरे आजको बढाइले बजार […]
काठमाडौं । नेपालमा थप एकजनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् । उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू […]
काठमाडौं, साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा बुधबार ४००ले घटेर प्रतितोला ९२ हजार ६००कायम भएको हो। बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक […]
काठमाण्डौ । शोधानान्तर घाटा तीव्र रुपमा बढ्दै गएपछि आयातलाई निरुत्साहित गर्ने गरी नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत निर्देशन-२०७६ु मा केन्द्रीय बैंकले संसोधन गर्दै गाडीदेखि कतिपय वस्तुहरु आयातमा कडाई गरेको हो । चिनी र चकलेट, ल्वाङ, मिनरल […]
वीरगञ्ज, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्साका लागि वितरण गर्दै आएको रासायनिक मल स्थानीय निकायलाई कोटाअनुसार वितरण गर्ने भएको छ । रासायनिक मल आयात कम हुन थालेपछि वितरणलाई सहज बनाउन कोटा प्रणाली लागू गर्न लागेको बताइएको छ । स्थानीय तहमा गरिने खेती तथा खेतीयोग्य जग्गाका आधारमा कृषि ज्ञान केन्द्रले रासायनिक मलको कोटा निर्धारण […]
जनकपुर। नेपाली कांँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ। निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्वको टुङ्गो लगाउने […]
काठमाडौं- नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो। पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ। अहिले दलित, खस-आर्य, आदिवासी जनजातिको गणना बाँकी छ। दलित […]
चितवन, चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागिएको हो। फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई […]
जनकपुरधाम– नेपाली कांँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुन लागेको छ। बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचनमा संस्थापन पक्ष र निधि–कोइराला समूह आमनेसामने हुने भएका छन्। संस्थापन पक्षबाट रौतहट जिल्लाका कांँग्रेस सभापति कृष्ण यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै निधि समूहबाट प्रदेश २ को भौतिक पूर्वाधार विकास […]