काठमाडौं । पार्टी बनेको चार महिना पूरा नहुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भित्र विवाद सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद सतहमा देखिएको हो । पार्टी बनेको चार महिना बितिसक्दा पनि लोसपाले केन्द्रीय कार्य समिति बनाउन सकेको छैन । तीन तहको निर्वाचन सुरु हुन केही महिना बाँकी रहँदा केन्द्रीय कार्यकारिणी […]
काठमाडौं- संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा मंगलबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पेश भएन। आइतबार सत्ता गठबन्धन र सर्वदलीय बैठकमा एमसीसीका विषयमा सहमति हुन नसकेपछि मंगलबारको प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठकमा एमसीसी टेबुल नभएको हो। एमालेको अवरोध र सत्ता साझेदारहरुकै विमतिका बीच सरकारले चाहेर पनि एमसीसी अघि बढाउन सकेको छैन। सन् […]
काठमाडौँ, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, […]
जनकपुर, नेपाली कांँग्रेस प्रदेश–२ को अधिवेशनअन्तर्गत आज मनोयन दर्तासहितको कार्यक्रम छ । कांँग्रेस को १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश–२ मा मंगलबारबाट हुने तालिका छ । सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश–२ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा […]
काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका छन् । उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) ले १४९ मत प्राप्त गरी विजयी भएका […]
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद […]
काठमाडौं । नेपाली कांँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । हालसम्म ३,३५० मतगणना भइसकेको छ । जसमा २,०७९ मत ल्याउँदै डा. डीला पन्त संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा कांँग्रेस सचेतक समेत रहेकी […]
काठमाडौं । २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनस् संचालनमा ल्याइने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । पूरै बन्द गर्ने की पुन: चलाउने भन्ने […]
सिरहा, प्रहरीले सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। सोमबार बिहान १० बजदेखि पुनः स्थानीय बासिन्दाले गोलबजारमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका हुन्। बन्द सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्दा गोलबजारको अवस्था तावग्रस्त बनेको छ। बल प्रयोग गर्ने क्रममा दुईजना प्रदर्शनकारी घाइते भएका छन्। […]
काठमाडौं, पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कूल संक्रमितको संख्या आठ लाख २५ हजार९५४ जना पुगेको छ। कूल संक्रमितमध्ये […]