Sajhamanch Archive

दुई हजार ६५० मतगणना सकियो, डीला, पुष्पा र राणाकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दुई हजार ६५० मतगणना सकियो, डीला, पुष्पा र राणाकाे अग्रता कायमै.

काठमाडौं, नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) को मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दुई हजार ६५० मतको गणना सकिएको छ । केन्द्रीय सदस्य पदमा गणना जारी रहँदा ड. डीला पन्त संग्रौलाले एक हजार ६५०, पुष्पा भुसाल गौतमले एक हजार ५५९, आरजु राणा देउवा एक हजार ४५६, अम्बिका बस्नेत एक हजार […]

बैंकहरुको निक्षेप एकैदिन रु. १४ अर्बले बढ्यो, सीडी रेसियोमा पनि सुधार

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on बैंकहरुको निक्षेप एकैदिन रु. १४ अर्बले बढ्यो, सीडी रेसियोमा पनि सुधार.

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस १ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। […]

नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको भवनमा आगलागी, आगलागीको थप विवरण आउन बाँकी

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको भवनमा आगलागी, आगलागीको थप विवरण आउन बाँकी.

काठमाडौं,  नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ। भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ। घटनास्थलमा अहिलसम्म दमकल आइपुगेको छैन। त्यहाँ कार्यरत कर्मचारीहरु बाहिर निस्किएका छन्। आगलागीको थप विवरण आउन बाँकी छ।

सेयर बजार सोमबार दोहोरो अंकले ओरालो, बजार घट्नुमा तरलता नै मुख्य कारक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजार सोमबार दोहोरो अंकले ओरालो, बजार घट्नुमा तरलता नै मुख्य कारक.

काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १७.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३५८.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बजार जानकार गोविन्दप्रसाद घिमिरेले तरलताकै […]

सदनभित्र एमालेले गरिरहेको गतिविधि प्रतिगमनकै निरन्तरता : अध्यक्ष दाहाल

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सदनभित्र एमालेले गरिरहेको गतिविधि प्रतिगमनकै निरन्तरता : अध्यक्ष दाहाल.

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले अहिले पनि प्रतिगमनको बाटोमा नै अघि बढिरहेको दाबी गरेका छन्। समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा दाहालले ओली अहिले पनि प्रतिगमनको बाटोमै रहेको बताएका हुन्। ‘केपी ओली अहिले पनि प्रतिगमनको बाटोमा नै छन्। सदनभित्र जे देखेर भोगिरहेका छौं त्यो प्रतिगमनकै निरन्तरता हो,’ उनले भने, ‘संविधान […]

युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्। उनले आर्थिक स्तर राम्रो भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता सरकारको रहेको उल्लेख गर्दै […]

जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता.

काठमाडौं, मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो। एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज […]

धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन : अध्यक्ष नेपाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन : अध्यक्ष नेपाल.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि पनि प्रतिगमनको सपना नदेख्न केपी ओलीलाई चेतावनी दिएका छन् । पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु झन्डै गुमेको स्मरण गरे । समाजवादी प्रेस संगठन नेपालले ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ लाई ‘कालो […]

गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता].

भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनको समग्र चित्र आउन बाँकी छ। यद्यपि पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेसको मूल नेतृत्वमा पुरानै अनुहार दोहोरिएपनि महामन्त्रीमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठाउँदै आएका दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा प्यानल परम्परा तोड्दै निर्वाचित भएका छन्। यसले नेपाली कांग्रेसमा मात्र होइन, दलीय राजनीतिमा खासै चासो नराख्ने नेपालीलाई […]

तीन सातामा १०६ किलो सुन बरामद

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on तीन सातामा १०६ किलो सुन बरामद.

काठमाडौँ, वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदूरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका […]