Sajhamanch Archive

उपत्यकामा मेलम्चीको विकल्पमा तेह्रवटा ‘डिप बोरिङ’ जडान हुँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकामा मेलम्चीको विकल्पमा तेह्रवटा ‘डिप बोरिङ’ जडान हुँदै.

काठमाडौँ, मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ । त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ […]

दोस्रो चरणको मतदाता नामावली सङ्कलन गरिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दोस्रो चरणको मतदाता नामावली सङ्कलन गरिने.

काठमाडौँ, निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट […]

काठमाडौंसहित देशका २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंसहित देशका २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने.

काठमाडौ, देशका ५७ जिल्लाका किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप सञ्चालन गरेको सरकारले बाँकी २० जिल्लाका किशोरकिशोरीलाई फाइजर खोप दिने भएको छ। यही पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर अधिकारीले जानकारी दिए। मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर […]

नेविसंघका ११ पूर्वअध्यक्ष एकसाथ कांँग्रेस नेतृत्वमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेविसंघका ११ पूर्वअध्यक्ष एकसाथ कांँग्रेस नेतृत्वमा.

काठमाडौ, नेपाली कांँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० का अध्यक्ष थिए। २८ वर्षको उमेरमा उनी नेविसंघको दोस्रो अध्यक्ष बनेका थिए। उनीपछि १७ जनाले नेविसंघको नेतृत्व गरिसकेका छन्। नेविसंघको पछिल्ला अध्यक्ष हुन्– राजीव ढुंगाना। उनी आइतबार कांँग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ) विजयी भएका छन्। नेविसंघ स्थापनादेखि अहिलेसम्म यसमा १९ जना अध्यक्ष बने, […]

२० उपसचिव सह-सचिवमा बढुवाका लागि सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २० उपसचिव सह-सचिवमा बढुवाका लागि सिफारिस.

काठमाडौ, बढुवा समितिले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले २० उपसचिवलाई सहसचिवमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको छ।

देउवा समूहको बैठक बस्दै, ‘घात गर्ने’ हरूको पहिचान गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on देउवा समूहको बैठक बस्दै, ‘घात गर्ने’ हरूको पहिचान गरिने.

काठमाडौ, १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांँग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ । महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा तथा परिचर्चा गर्न यो छलफल बोलाइएको देउवानिकट एक नेताले जानकारी दिए । ‘अब महाधिवेशनको समीक्षा गरौँ भनेर बैठक बोलाइएको हो,’ देउवानिकट एक नेताले भने, ‘यसमा सबैको भूमिका के रह्यो भन्नेबारे […]

सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लाने.

काठमाडौ, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दलहरुबीच सहमति पछि मात्रै संसदमा लगिने भएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा सत्ता गठबन्धनबीच समझदारी बनेपछि मात्र एमसीसी संसदमा टेबुल गरिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसअघि आजै बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेश गर्ने समझदारी […]

काँग्रेस खुला केन्द्रीय सदस्यको ३,५९५ मतगणना, शशांकको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेस खुला केन्द्रीय सदस्यको ३,५९५ मतगणना, शशांकको अग्रता कायमै.

काठमाडौ, नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३,५९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३,५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला […]

एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ : कांँग्रेस सहमहामन्त्री परियार

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ : कांँग्रेस सहमहामन्त्री परियार.

काठमाडौं– नेपाली कांँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसद्‌बाट एमसीसी पारित गराउने दाबी गरेका छन्। सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा संसद्‌बाट पारित गराउने विश्वास व्यक्त गरे। पोखरा, नेपाल प्रेस युनियन, कास्कीले आइतबार पोखरामा आयोजना गरेको […]

अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं : रेखा शर्मा [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं : रेखा शर्मा [अन्तर्वार्ता].

नेकपा माओवादी केन्द्रमा वैचारिक विकास र संगठन सृढिकरणको बहस चल्न थालेको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टी कस्तो बन्छ भन्ने निर्धारण गर्ने छ। राष्ट्रिय सम्मेलनमा केन्द्रित भई माओवादी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मासँग कर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी : राष्ट्रिय सम्मेलन हुन हप्तादिन मात्रै बाँकी छ। माओवादीलाई आन्तरिक चुनावी […]