Sajhamanch Archive

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित.

बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज ९आइतबार० सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले भारत १–० गोलको हार बेहोरेको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु भएको खेलमा जीत निकाल्दै भारतले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। आजको खेलमा जीत निकाल्दै […]

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएन एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएन एमाले.

काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका सबै दलहरु सहभागी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ((एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार […]

२९ सय ९३ मतगणना हुँदा कोइराला अगाडि, साउद र खाँड पछिपछि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २९ सय ९३ मतगणना हुँदा कोइराला अगाडि, साउद र खाँड पछिपछि.

काठमाडौं,  सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ । आइतबार अपरान्ह ३ः१५ बजेसम्म २९ सय ९३ मतगणना भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमध्ये केन्द्रीय सदस्य खुलातर्फ डा.शशाङ्क कोइरालाको २४ सय ४२, एन.पी. साउदको १८ सय ९६, […]

२४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ […]

सिरहामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

Published: in प्रदेश तह, मुख्य समाचार, by . Leave a Comment on सिरहामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध.

सिरहा, सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका(६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको बुढाथोकीले जानकारी दिए। छुरा प्रहारबाट २६ वर्षीय रामकुमार […]

माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने.

काठमाडौ, सत्ता साझेदार नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि अमेरिकी आर्थिक सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अघि नबढ्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सम्मेलनअघि एमसीसी अघि नबढाउने सहमति जनाएको माओवादी केन्द्रका एक नेताले दाबी गरेका छन्। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

भारतसँग भिड्दै नेपाल, बराबरी भएपनि फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on भारतसँग भिड्दै नेपाल, बराबरी भएपनि फाइनलमा.

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल आज  भारतसँग भिड्दै छ। बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समयाअनुसार दिउँसो २: ४५ बजे खेल सुरु हुनेछ। पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपाल भारतसँग बराबरी भएपनि फाइनलमा पुग्नेछ। भारत फाइनलमा पुग्न भने नेपाललाई हराउनैपर्छ। नेपाल ३ खेलबाट […]

२३९३ मत गणनाः कांग्रेस खुला केन्द्रीय सदस्यको शीर्ष ३५ मा को को परे ?

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २३९३ मत गणनाः कांग्रेस खुला केन्द्रीय सदस्यको शीर्ष ३५ मा को को परे ?.

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको लागि करिब २४ सय मतगणनाको परिणाम आएको छ। खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा २३९३ मतगणना भएको थियो। जसमध्ये अत्याधिक मतसहित पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय […]

किराँत समुदायले उधौली पर्व मनाउँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on किराँत समुदायले उधौली पर्व मनाउँदै.

काठमाडौ, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन […]

आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइदैं

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइदैं.

काठमाडौं , आजदेखि ५७ जिल्लाका ९१२–१७० उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइदैंछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रका अनुसार खोपको पहिलो डोज आजदेखि १४ पुससम्म लगाइनेछ। त्यस्तै, डोज २ माघदेखि १२ माघसम्म लगाउने कार्यक्रम रहेको उनले बताएकी छिन्। कहाँ कहाँ लगाइदैंछ  ? प्रदेश नं १ मा खोप लगाउनका लागि ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, […]