काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्ने भएको छ। शनिबार साँझै स्रोतले दिएको जानकारीअनुसार संसद् बैठकमा एमालेले निरन्तर जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको हो। बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका भए पनि एमालेले भने शनिबारै आफू नआउने बताइसकेको […]
पोखरा, नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा मोहनकुमार गुरुङ चयन भएका छन् । यअघिका अध्यक्ष कृष्ण थापा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद स्वतः रिक्त भएको थियो । रिक्त अध्यक्षमा एमालेले तत्कालिन उपाध्क्ष गुरुङलाई चयन गरेको हो । गुरुङ गण्डकी प्रदेशसभा सदस्य समेत हुन् ।
अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्नसक्ने खतरा औंल्याइएको छ । अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकेनले बिहीवार सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ । त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रुपमा […]
काठमाडौँ, काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको हो। यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् […]
काठमाडौं, एमाले नेता भीम रावलले आफूलाई सोध्दै नसोधी एमालेको सल्लाहकार परिषद्को अध्यक्ष बनाइएकोमा आपत्ति जनाएका छन्। मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधि कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छु, रावलले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया व्यक्ति गरेका छन्। रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक […]
मुग्लिन, मनकामनामा चार दिन केबलकार बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित […]
काठमाडौ, देशभर थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त […]
नयाँदिल्ली, कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा […]
काठमाडौ, नेपाली कांँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानपछि मतगणनामा शशांक कोइरालाको अग्रता छ। १२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदानमा थिए। खुलातर्फ पनि मतगणना सुरू गरिएको छ। खुलातर्फ जम्मा ३५ जनाको सिट छ। खुलातर्फको ३५ सिटमा ९९ जना उम्मेदवार थिए। एक महाधिवेशन प्रतिनिधिले खुलातर्फ ३५ केन्द्रीय सदस्यलाई मतदान गर्न […]
काठमाडौ, नेपाली कांँग्रेसको चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्। कांँग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो। कांँग्रेसको विधानको धारा ६५ मा भनिएको छ, पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य […]