Sajhamanch Archive

कांँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु.

काठमाडौँ, नेपाली कांँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय […]

गठबन्धन जोगाउने कि एमसीसी पास गर्ने ? समस्यामा माओवादी–एकीकृत समाजवादी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धन जोगाउने कि एमसीसी पास गर्ने ? समस्यामा माओवादी–एकीकृत समाजवादी.

काठमाडौ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गर्ने–नगर्ने विषय सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि निकै पेचिलो बन्न पुगेको छ। यी दुई दल संशोधन गरेरमात्र एमसीसी पारित गर्ने पक्षमा रहे पनि अमेरिका संशोधनका लागि तयार नभइदिँदा यो विषय उनीहरुका लागि पेचिलो बन्न पुगेको हो। यी दुई दलमा रहेका नेताहरुको विरोधका […]

अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित.

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ। शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको […]

कांँग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा (अन्तरबार्ता )

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on कांँग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा (अन्तरबार्ता ).

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मतपरिणाममा उनले महामन्त्रीका लागि प्रतिस्पर्धीहरुमध्ये सर्वाधिक ६५ प्रतिशत मत प्राप्त गरे। उनले प्राप्त गरेको मतले पार्टीभित्र उनको लोकप्रियतालाई पुष्टि गर्छ। अर्कोतिर कांग्रेससँग नजोडिएको ठूलो पंक्तिले पनि उनको विजयलाई रुचिपूर्वक हेर्‍यो र खुशी मनायो। त्यसलाई आफूले ठूलो पुँजी मानेको थापाको भनाइ छ। सभापतिका उम्मेदवार शेखर […]

आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना खोप दिइने

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना खोप दिइने.

काठमाडौं, सरकारले आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको हो। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पुस १४ सम्म खोप दिइनेछ। खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने मन्त्रालयले जनाएको छ। सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या […]

कांँग्रेस केन्द्रीय सदस्य खुलातर्फ मतगणना आज, ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस केन्द्रीय सदस्य खुलातर्फ मतगणना आज, ३५ पदका लागि ९९ जना प्रतिस्पर्धामा.

काठमाडौ, नेपाली कांँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत आज ९शनिबार० खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु गरिँदै छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्। कांँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु गरिनेछ। ​ खुला केन्द्रीय सदस्यका ३५ सिटमा पूर्वपधाकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन्। पूर्वमहामन्त्री […]

सभापति देउवाकोे टीममा शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापति देउवाकोे टीममा शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी.

काठमाडौं, नेपाली कांँग्रेसको पदाधिकारीमा १३ जनामध्ये सभापतिमा शेरबहादुर देउवासहित उक्त समूहका ९ जना विजयी बनेका छन्। सभापतिका लागि भएको पहिलो चरणमा नै देउवा समूहमा समाहित भएका कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा प्रकाशमान सिंह समूहसमेतका गरी ९ जना पदाधिकारी देउवा पक्षबाट विजयी भएका हुन्। देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा […]

कांँग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षबाट विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षबाट विजयी.

काठमाडौं,  नेपाली कांँग्रेसका ८ जना सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन्। कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार सम्पन्न निर्वाचनको मतगणना अनुसार सहमहामन्त्रीमा सभापति देउवापक्षको पल्ला भारी भएको हो। दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन्। ८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरी […]

काँग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना आजै थालिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना आजै थालिने.

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएको छ । अब केन्द्रीय सदस्यहरुको मत गणनाको गरिने निर्वाचन समितिले जनाएको छ । आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । उनका अनुसार साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुनेछ । मधेसी महिलातर्फ […]

२६९ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २६९ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ३२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]