काठमाडौ,नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्। शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्याउँदै जीत दर्ता गराएका हुन्। देउवा प्यानलका शाहीले २१३३ मत ल्याउन सफल भएका छन्। उता चेतराज बरालले ९९ मत ल्याएको […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवालाई भेट्न दाहाल शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका थिए। उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन्। साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ। संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका […]
काठमाडौं, नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो । एरो थाई कम्पनीले क्यालिब्रेसन उडानका लागि काम शुरु गर्न […]
मान्म– बाढीपहिरोका करणले विस्थापित भएका कालिकोटको नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएको छ। विसं २०७७ साउनमा आएको बाढीपहिरोबाट विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुन लागेको हो। […]
बाँके, बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। माइक्रोबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३३ ६० नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको भे३प ५३ ६९ नम्बरको मोटरसाइकललाई गए राति करिब ९ बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरको दोधाराचाँदनी […]
खोटाङ, खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका (लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका) ५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको हो। गाईघाट(दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी(भानुमती(चौधरी जेभीले मंसिर दोस्रो सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा […]
काठमाडौं , शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले […]
काठमाडौ, नेपाली कांँग्रेसको सहमहामन्त्रीतर्फ बाँकी उम्मेदवारहरूको मतगणना तयारी गरिँदै छ। कांँग्रेसको १४औं महाधिवेशनअन्तर्गत आठ सहमहामन्त्रीका उम्मेदवारमध्ये बिहीबार ३ जनाको नतिजा सार्वजनकि भइसकेको छ। बाँकी पाँच क्लस्टरको मतगणना केही बेरमा सुरु गर्ने तयारी भइरहेको कांँग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। ‘म मतगणनास्थल (सानेपा) जाँदै छु, अरू कतिपय साथी पुगिसक्नुभएको छ’, शुक्रबार बिहान श्रेष्ठले बताए, […]
काठमाडौँ, बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य […]
काठमाडौं, नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो। जसअनुसार अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ। उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय […]