एजेन्सी, भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। पहिलो खेलमै आयोजक भारतको सामना गरेको नेपालले ७-० को हार बेहोरेको हो। घरेलु टिम भारतका लागि लिन्डाले दुई गोल गरिन भने एक गोल सुजेशले गरिन। त्यस्तै, अपुर्णा, पुर्णिमा कुमारी, सुनिता र नितु लिन्डा ले समान १-१ गोल […]
काठमाडौं, नेपालले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्न लागेको हो। सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान भएपछि यो नेपालको पहिलो एकदिवसीय शृंखलासमेत हो। यसअघि सन्दीपले टी-२० क्रिकेटमा कप्तानी गरिसकेका छन्। लिग २ मा नेपाल थोरै […]
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी नियुक्त गरेको छ । बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको हो । जसअनुसार उपाध्यक्षमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौँ), जयकुमार खड्का (काठमाडौँ), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) छन् । त्यसैगरी, […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ८७४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९४१ पुगेको […]
काठमाण्डौ । सेयर बजार बुधबार पनि भारी अंकले ओरालो लागेको छ। आज बजार २.४३ प्रतिशत अर्थात ६३.५४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३८ अंकले घटेर ४८८.८३ को विन्दूमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार […]
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’ का बारे भने केही भनिएको छैन । ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले एमसीसी र नेपाल […]
काठमाडौ, नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्। उनले स्थानीय आवश्यक्ता लाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने […]
काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरले जुवातास खेलेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लब घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र तीस बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ का ५२ वर्षीय […]
काठमाडौं, सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांँसदलाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन्। भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले नेकपा एमालेले १४ जना सांँसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘१४ […]