काठमाडौं– नेपाली कांँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। ६०० मत गणना हुँदा गगनकुमार थापा – ३८९ विश्व प्रकाश शर्मा – २२९ प्रदीप पौडेल-२०६ डा प्रकाशशरण महत-१९३ डा मीनेन्द्र रिजाल-१०८ डा राजाराम कार्की -१८ महामन्त्रीका […]
काठमाडौँ, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ । क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् […]
सर्लाही, सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। एमाले अध्यक्ष ओली ओलीले युद्धकालमा माओवादी अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेका थिए भनेर सार्वजनिक कार्यक्रममा बोलेको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी दाहालले उनलाई उक्त आरोप […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २ जना महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। केन्द्रीय निर्वाचन समितिको बैठकपछि मतगणना थालिएको हो । उपसभापतिको मतगणना भएकै स्थल पार्टी केन्द्रीय कार्यालय सानेपामै मतगणना जारी छ । दुई महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल […]
काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ । शपथग्रहणपश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिए । ओलीले जनताले मन पराउने र देश र जनता, पार्टी र आन्दोलनालाई […]
काठमाडौं । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो । यसबाट ५ अर्ब नोक्सान भएको छ । […]
काठमाडौं, नेपालमा शुन्य संक्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरि पाँच जिल्लामा शुन्य संक्रमित भएका छन् । नेपालमा ५ हजार ६८९ जना संक्रिय संक्रमित रहेका छन् । जसमा होम आईसोलेसनमा पाँच हजार ३८६, संस्थागत आईसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० […]
काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले दाहालले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए। दाहालले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप […]
काठमाडौँ, नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांँग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । उनले टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री देउवा कांँग्रेसको १४ औँ महाधिवेशनबाट कोमबार पुनः सभापतिमा निर्वाचित भएका थिए