काठमाडौं, नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ। कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ। जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः शेरबहादुर देउवा – १५०६ शेखर कोइराला –११७८ प्रकाशमान सिंह – २५४ विमलेन्द्र निधि – १७३ कल्याण गुरुङ –१५
काठमाडौँ– सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। भक्तबहादुर बस्नेतसहितले दायर गरेको रिट निवेदनमा अदालतले सरकारी शिक्षकहरू कांँग्रेस प्रतिनिधि चुनिएको र त्यो प्रचलित कानूनको विपरीत भएको उल्लेख गर्दै शिक्षकलाई राजनीतिक दलका कुनै पनि तहको अधिवेशन र कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने […]
काठमाडौ, जनता समाजवादी पार्टी (जसपा) पर्साका चार नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्षसहित चार जसपा नेताहरू एमाले प्रवेश गरेका हुन् । जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया, धामु शर्मा, सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, जगरनाथपुर गाउँपालिका-६ का वडा अध्यक्ष अजोध्या कुर्मी एमाले प्रवेश गरेका हुन् । ओली […]
काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् । इतरपक्षबाट आफू साझ […]
काठमाडौं, नेपाली कांँग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांँग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो । यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको […]
काठमाडौ, भोलि (मंगलबारदेखि) सुरु हुने प्रतिनिधिसभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन। संसद सचिवालयले उपलब्ध गराएको कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश छैन। हिउँदे अधिवेशनको यो बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ। एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विभाजित छन्। कतिपयले भोलि एमसीसी टेबल गर्नको लागि […]
काठमाडौं, नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत आयात गर्नु शुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिए । प्राधिकरणले शुक्रबारदेखि बिहान ९ः३० देखि ४ः३० […]
काठमाडौं, पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ८२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]
काठमाडौ, नेपाली कांँग्रेसको सभापतिमा उम्मेदवार शेरबहादुर देउवा राष्ट्रियसभा गृहस्थित मतदानस्थलमै छिरेर भोट माग्न लागेका छन्। सोमबार मध्यान्ह पौने १२ मै मतदानमा सहभागी भएका देउवा फेरि मतदानस्थलमा आएर भोट मागिरहेका छन्। उनी महाधिवेशन प्रतिनिधिहरु मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्न व्यस्त भएका हुन्। कांँग्रेसको निर्वाचन समितिले मतदानस्थल क्षेत्रमा भोट माग्न निषेध गरेको छ। यसअघि नै महाधिवेशनस्थलभित्र […]
काठमाडौ, नेपाली कांँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार मध्यान्हदेखि मतदान जारी छ। निर्धारित समयभन्दा साढे ३ घण्टा ढिलो सुरु भएको मतदानमा सभापति पदतर्फ दिउँसो सवा ३ बजेसम्म १५ सय मत खसेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताएका छन्। निर्वाचन समिति सदस्य श्रेष्ठले सभापतिमा धेरै मत खसे पनि अन्य पदमा भने कम मतदान भएको बताएका छन्। कांँग्रेसको […]