Sajhamanch Archive

माओबादी अध्यक्ष दाहालको अभिव्यक्तिपछि लगातार दोस्रो दिन सेयरबजारमा पहिरो, सोमबार ४ अर्बको किनबेच

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष दाहालको अभिव्यक्तिपछि लगातार दोस्रो दिन सेयरबजारमा पहिरो, सोमबार ४ अर्बको किनबेच.

काठमाडौ, सेयरबजारमा लगातार दोस्रो दिन पहिरो गएको छ। आज नेप्से ७९.२३ अंकले घटेको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १२.४७ अंकले घटेको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयरबजारलाई साम्राज्यवादकै अर्को रुप भन्दै सीमित पुँजीपतिको आम्दानी गर्ने थलो भनी टिप्पणी गरेका थिए। त्यसपछि आइतबार खुलेको सेयरबजार ८८ अंकले घटेको […]

सभापतिका उम्मेदवार शेखरलाई पौडेलले दिए जीतको शुभकामना

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापतिका उम्मेदवार शेखरलाई पौडेलले दिए जीतको शुभकामना.

काठमाडौं– नेपाली कांँग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन्। भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जीतको शुभकामना दिएका दिए। राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो […]

शशांकले भने– म शेखरको पक्षमा, देउवा पक्षले भ्रम छर्‍यो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शशांकले भने– म शेखरको पक्षमा, देउवा पक्षले भ्रम छर्‍यो.

काठमाडौं– नेपाली कांँग्रेसका नेता शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको बताएका छन्। सभापतिका अर्का उम्मेद्वार शेरबहादुर देउवाले शशांकको नाम आफ्नो समूहको केन्द्रीय सदस्यको सूचीमा राखेर प्रचार गरेपछि उनले आफू शेखरकै समूहमा रहेको र देउवा समूहले भ्रम छरेको आरोप लगाएका हुन्। ‘हामी शेखरको पक्षमा छौं, आआफ्नो रणनीति अनुसार भ्रम फैलाउन शशांकको देउवालाई समर्थन […]

कांँग्रेस १४औं महाधिवेशनमा पौडेलले मतदान नगर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस १४औं महाधिवेशनमा पौडेलले मतदान नगर्ने.

काठमाडौं, नेपाली कांँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ। तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन्। पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले यसको पुष्टि गरेका छन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी […]

प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने.

बर्दिबास,  विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो । प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ । सवस्टेशन निर्माणसँगै प्रदेश […]

काँग्रेसको १४औँ महाधिवेशन: १३२ पदका लागि मतदान आज

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको १४औँ महाधिवेशन: १३२ पदका लागि मतदान आज.

काठमाडौँ, नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच […]

प्रकाशित भयो काँग्रेसको उम्मेदवारको अन्तिम नामावली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रकाशित भयो काँग्रेसको उम्मेदवारको अन्तिम नामावली.

काठमाडौं, नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी […]

करिब १९ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्याे

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on करिब १९ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्याे.

काठमाडौँ, कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले विहान १९ लाख ६५ हजार आठसय डोज खोप आएको जानकारी दिए । योसँगै नेपालमा ३६ लाख ५१ हजार छ सय डोज मोडर्ना खोप आइपुगेको थापाले जानकारी दिए । सरकारले उक्त […]

कोरोना भाइरसका २४२ जना सङ्क्रमित थपिए, २३४ जना कोरोनामुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोना भाइरसका २४२ जना सङ्क्रमित थपिए, २३४ जना कोरोनामुक्त.

काठमाडौं, पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव.

पोखरा- अंग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवर्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो। रेवानका अध्यक्ष लक्षमण बरालले भने, कोरोनाको मारमा परेको पर्यटनलाई […]