काठमाडौं– पछिल्लो केही हप्ताबाट सेयर बजार निरन्तर ओरालो लागेको छ। गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साता कारोबारको पहिलो दिन पनि ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार पुँजी बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दूमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार मापक परिसूचक नेप्से ५.८४ […]
काठमाडौं– नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार स्थायी कमिटी गठन गरेको हो। केन्द्रीय कमिटीका १९ जना पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुन्छन्। पदाधिकारी बाहेक थप २६ जनालाई केन्द्रीय कमिटी बैठकले मनोनयन गरेको हो। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा […]
नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले मंगलबार हुने पार्टीको निर्वाचनको पहिलो चरणमा कसैले पनि जित्न नसक्ने दाबी गरेका छन्। कांँग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले सभापतिमा जित्ने दाबी गरे। दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर […]
काठमाडौ, नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो कमिटी बनाएको छ। भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो बनाएको हो। १९ जना पदाधिकारी स्वतस् पोलिटब्युरो सदस्य हुँदा एमालेले ८० जनालाई केन्द्रीय कमिटीबाट पोलिटब्युरोमा लगेको हो। गत असोजमा भएको विधान महाधिवेशनबाट खारेजीमा परेको पोलिटब्युरोलाई चितवनमा महाधिवेशनमा ब्यूँताइएको थियो। एमालेले गठन गरेको पोलिटब्युरोमा माओवादीका पूर्व नेता […]
थाइल्यान्डमा सञ्चालित प्रसिद्ध दौड प्रतियोगिता यूटीएमबी अल्ट्रा टैल रेस इन्थानोन–५ मा महिलातर्फ नेपालकी सुनमाया बुढाले बाजी मारेकी छन्। हिजो शनिबार बिहान सुरु दौड प्रतियोगिताअन्तर्गत बुढाले विश्वका चर्चित महिला धावकहरूलाई पछि पार्दै ११० किलोमिटर लामो निर्धारित दूरी १४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गरी पहिलो भएकी हुन्। सबै (महिला–पुरुष) मा भने उनी तेस्रो भएकी छन्। […]
काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन जारी छ। शनिबारदेखि सुरु भएको सम्मेनलअन्तर्गत आज ९आइतबार० सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुने भएको छ।शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए। सोमबारसम्म नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सकिने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए। तर प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा नेता पौडेललाई भेट्न शनिबार राति उनकै निवास बोहोराटार पुगेका हुन्। देउवाले नेता पौडेललाई राजनीतिमा सक्रिय भइरहन आग्रह गरेको जनाइएको छ। भेटका क्रममा सभापति देउवाले पौडेललाई भविष्यमा कुनै स्थानमा राख्ने आश्वासन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार देउवाले नेता […]
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन। प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ। सोक्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौं ल्याएको ९०५ ग्राम अर्धठोस […]
अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा परेर ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधीको रूपमा वर्णन गरेका छन्। उनले मृतकको संख्या एक सय पुग्नसक्ने बताए। प्रशासनिक अधिकारीहरूले शुक्रबार राति आएको आँधीले दक्षिणी इलिनोइमा रहेको अमेजन गोदामलाई ध्वस्त पारेको बताएका छन्। छत भत्किँदा कति मानिस […]
काठमाडौँ– १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्यूरो सदस्य चयन गर्ने […]