Sajhamanch Archive

कांग्रेस महाधिवेशन : मुख्यप्रतिस्पर्धा देउवा–कोइरालाबीच

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस महाधिवेशन : मुख्यप्रतिस्पर्धा देउवा–कोइरालाबीच.

काठमाडौँ– नेपाली कांँग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् । अहिले पाँच बजेपछि उम्मेदवार दर्ताको समय सकिएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको […]

शेखरको टिम : कसले कुन पदमा दिए उम्मेदवारी?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शेखरको टिम : कसले कुन पदमा दिए उम्मेदवारी?.

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। उनलाई वरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन रहेको जनाइएको छ। पौडेलका अति निकट मानिने देवराज चालिसे, कमला पन्त र पिएल चौधरी डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवार बनेका छन्। शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी […]

कांँग्रेस सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा २९ जनाको उम्मेदवारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा २९ जनाको उम्मेदवारी.

काठमाडौं, नेपाली कांँग्रेसको १४ औं महाधिवेशनका लागि शनिबार बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ। बेलुका ५ बजे सकिएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत सभापति (एक) र महामन्त्री (दुई) पदका लागि हरेक पदमा ६-६ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उपसभापति (दुई) पदका लागि सातजनाको र कलस्टरसहितको सहमहामन्त्रीका लागि २९ जनाले उम्मेदवारी दिएका छन्। […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै.

भक्तपुर, नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, […]

बुटवल पुगेर माधव नेपालले गरे ओलीको कडा आलोचना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बुटवल पुगेर माधव नेपालले गरे ओलीको कडा आलोचना.

बुटवल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेभित्र असन्तुष्ट नेताहरूलाई केपी ओलीलाई सुधार्न सक्छु भनेर भ्रम नपाल्न सुझाव दिएका छन्। विगतमा आफ्नो समूहमा रहेर अहिले एमालेमै रहेका नेतातर्फ इंगित गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहेको हो भने आफ्नो पार्टीमा आउन आग्रहसमेत गरे। समाजवादी प्रेस संगठन (रुपन्देही) ले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]

सर्वसम्मत उम्मेदवार हुन नसके सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वसम्मत उम्मेदवार हुन नसके सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा.

काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सर्वसम्मत उम्मेदवार हुन नसके सभापति पदमा नउठ्ने घोषणा गरेका छन्। आज बिहान आफ्नै निवास (बोहराटार) मा भएको बैठकमा इतर समूहको बैठकमा एउटा मात्र उम्मेदबार बनाउने कुरामा सहमति हुन नसकेपछि पौडेलले उसो भए आफू उम्मेदवार नबन्ने बताएका हुन्।

पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त.

पुबुदु दासानायके नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको […]

यू–१९ साफ च्याम्पियनसिप आजबाट : नेपालले बंगलादेशसँग खेल्दै

Published: in खेलकुद, by . Leave a Comment on यू–१९ साफ च्याम्पियनसिप आजबाट : नेपालले बंगलादेशसँग खेल्दै.

काठमाडौं– यू १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिएको थियो। एक वर्ष धकेलिएको प्रतियोगिता यो वर्ष हुन लागेको हो। गएको २०१८ मा भुटानमा पहिलो संस्करणको १८ साफ च्याम्पियनसिप आयोजना भएको थियो। त्यसैको दोस्रो संस्करण यो प्रतियोगिता […]

पदाधिकारी छान्न देउवा पक्षको बैठक बालुवाटारमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पदाधिकारी छान्न देउवा पक्षको बैठक बालुवाटारमा.

काठमाडौं, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन्। शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा आफू पक्षीय नेताहरू पदाधिकारी छनोटका लागि छलफलमा जुटेका हुन्। बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरूसँग सभापति देउवाले छलफल गरिरहेको बताइएको छ। देउवा पक्षबाट उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन्। महामन्त्रीमा गृहमन्त्री बालकृष्ण […]

उम्मेदवारी दर्ता सुरु हुनै लाग्दा पौडेल पक्षका नेताहरू बोहराटारमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on उम्मेदवारी दर्ता सुरु हुनै लाग्दा पौडेल पक्षका नेताहरू बोहराटारमा.

काठमाडौ, काठमाडौंमा जारी पार्टीको चौधौं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सुरु हुन एकरडेढ घण्टा मात्र बाँकी हुँदा पनि नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षले आफ्ना तर्फबाट एक मात्र सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन सकेको छैन। तर प्रयास जारी राखेको छ। अहिले पनि यही विषयमा पौडेल निवास (बोहराटार) मा पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच छलफल भइरहेको छ। […]