Sajhamanch Archive

पौडेल र चौधरीलाई महामन्त्री–सहमहामन्त्री दिन देउवा सहमत, उपसभापति बन्लान् सिटौला ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेल र चौधरीलाई महामन्त्री–सहमहामन्त्री दिन देउवा सहमत, उपसभापति बन्लान् सिटौला ?.

काठमाडौ, चौधौँ महाधिवेशन उद्घाटन भएसँगै बल्ल नेपाली कांग्रेसमा चुनावी जोडघटाउ सुरु भएको छ। आफ्ना उम्मेदवारहरूको घोषणाअघि रामचन्द्र पौडेल पक्षको टिम हेर्न खोजिरहेका सभापति शेरबहादुर देउवाले अन्ततः शुक्रबार कृष्णप्रसाद सिटौलासँग एक तहको सहमति गरेका छन्। शुक्रबार महाधिवेशन उद्घाट गर्न भृकुटीमण्डप पुग्नुअघि नै बालुवाटारमा देउवा र सिटौलाबीच सहमति बनेको हो। शुक्रबार साँझ दरबारमार्गको एक होटलमा आफ्नो समूहको […]

काँग्रेसको १३४ पदमा उम्मेदवारी दर्ता आज

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसको १३४ पदमा उम्मेदवारी दर्ता आज.

काठमाडौँ, नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । उनका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुनेछ । उनले भने , “काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । […]

म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरे : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरे : प्रधानमन्त्री देउवा.

काठमाडौ, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् । ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए । पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत […]

पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भयो : वरिष्ठ नेता पौडेल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भयो : वरिष्ठ नेता पौडेल.

काठमाडौं,  नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भएको टिप्पणी गरेका छन्। उनले अहिले भर्खर भएका केही निर्वाचनमासमेत यस्ता केही दृश्य देखिएको भन्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रमा समस्या रहेको टिप्पणी गरे। १४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले कम्युनिस्ट पार्टीले सुरु गरेको अधिनायकवाद र प्रतिगमनका विरुद्ध अहिलेको सरकार बनेको टिप्पणी गरे। […]

राजेन्द्र लिङ्देनलाई केपी ओलीको व्यंग्य : भर्खरको बाछो हिँड्न जान्दैन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजेन्द्र लिङ्देनलाई केपी ओलीको व्यंग्य : भर्खरको बाछो हिँड्न जान्दैन.

काठमाडौं, नेपाली कांँग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनमाथि व्यङ्ग्य कसेका छन्। महाधिवेशनमा शुभकामना राख्ने क्रममा लिङ्देनले राजतन्त्र र राजाको पक्षमा बलियोसँग वकालत गरेपछि ओलीले त्यो कुरा सम्भव नभएको भन्दै व्यंग्यात्मक जवाफ दिएका हुन्। अहिलेको समयमा पनि जन्मिँदै शासक हुने सिद्धान्त मान्नु र नागरिकबाट नेता […]

कांँग्रेसको इतर समूहबाट पौडेल सभापतिका उम्मेदवार बन्ने सम्भावना

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको इतर समूहबाट पौडेल सभापतिका उम्मेदवार बन्ने सम्भावना.

काठमाडौ, नेपाली कांँग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ। पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाउन लागेका हुन्। पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने […]

निधिले गरे पौडेललाई सर्वसम्मत सभापति बनाउने नयाँ प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निधिले गरे पौडेललाई सर्वसम्मत सभापति बनाउने नयाँ प्रस्ताव.

काठमाडौं , नेपाली कांँग्रेसका उपसभापति विमलेन्द्र निधिले आज सुरु हुँदै गरेको १४ औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन्। अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने बताएका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेतारकार्यकर्तासँग […]

प्रकाशमानले दाबी नछाडेपछि शेखरलाई पौडेल पक्षको आधिकारिक उम्मेदवार बनाउने तयारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रकाशमानले दाबी नछाडेपछि शेखरलाई पौडेल पक्षको आधिकारिक उम्मेदवार बनाउने तयारी.

काठमाडौं, नेपाली कांँग्रेसको महाधिवेशन सुरु हुनै लाग्दा रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए। केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर, उनीहरुले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए। त्यसैले शेखरलाई […]

दासानायके फेरि नेपाली क्रिकेट सम्हाल्न आउँदै!

Published: in खेलकुद, by . Leave a Comment on दासानायके फेरि नेपाली क्रिकेट सम्हाल्न आउँदै!.

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकलाई लिएर सिर्जित ‘सस्पेन्स’ अझै कायम छ। आवेदन दिएका ६० मध्ये पाँच जनासँग अन्तर्वार्ता लिएर दुई जनाको नाम फाइनल गरेको नेपाल क्रिकेट संघ (क्यान) तीमध्ये कसलाई मुख्य प्रशिक्षक बनाउने भन्ने निश्चित भएको छैन। क्यान स्रोतका अनुसार कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समितिको रोजाइमा […]

पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा पनि आन्तरिक परामर्शमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा पनि आन्तरिक परामर्शमा.

काठमाडौं, १४औं महाधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन्। पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन्। स‌ंस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ। महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, […]