Sajhamanch Archive

लोकतान्त्रिक रूपान्तरणमा नेपालको अनुभव अनुकरणीय : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोकतान्त्रिक रूपान्तरणमा नेपालको अनुभव अनुकरणीय : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रका लागि शिखर सम्मेलनमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रीकरणको यात्रामा जटिल राजनीतिक मतभेदलाई पनि वार्ताबाटै समाधान गर्न सकिने नेपालको सफल इतिहास रहेको बताए । उनले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको विविध […]

सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्दै प्रकाशमान

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्दै प्रकाशमान.

काठमाडौ, नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् । उनले भोलि (शनिबार) बिहान ८ बजे सिंहदरबार मूल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् । कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना […]

ए डिभिजन लिगः आजदेखि चैथो चरणका खेल हुँदै

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on ए डिभिजन लिगः आजदेखि चैथो चरणका खेल हुँदै.

काठमाडौ, कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि चौथो चरणका खेल हुँदैछन्। शुक्रबार चौथो चरणका दुई खेल हुन लागेका हुन्। चौथो चरणको पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङले तीन खेलबाट ७ अंक जोडेको छ भने फ्रेन्ड्सले समान खेलबाट २ अंक हात पारेको छ। त्यस्तै दोस्रो खेलमा च्यासल […]

करण चौधरीलाई हराउँदै नाडा अध्यक्षमा ध्रुव थापा निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on करण चौधरीलाई हराउँदै नाडा अध्यक्षमा ध्रुव थापा निर्वाचित.

काठमाडौ, नाडा अटो अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । गएराति सम्पन्न मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी करण चौधरीलाई ६६ मतले हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १४ सय १३ मतका साथ विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी चौधरीले १३ सय ४७ मत प्राप्त गरे । सदस्यमा थापा प्यानलका ५ […]

कांँग्रेस महाधिवेशन : उद्घाटन हुनै लाग्दा पनि उम्मेदवारीमा अलमल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस महाधिवेशन : उद्घाटन हुनै लाग्दा पनि उम्मेदवारीमा अलमल.

काठमाडौं, नेपाली कांँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४औं महाधिवेशन सुरु हुँदै छ। काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ। तर, यो खबर लेख्दासम्म पनि कांँग्रेसका नेताहरूले पार्टी प्रमुख (सभापति) कै उम्मेदवारी निश्चित गर्न सकेका छैनन्। साथै अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ। संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत […]

चाक्सीबारीमा सहमति जुट्न सकेन, पौडेल पक्षका ‘युवा नेता’को बैठक शशांक निवासमा बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चाक्सीबारीमा सहमति जुट्न सकेन, पौडेल पक्षका ‘युवा नेता’को बैठक शशांक निवासमा बस्दै.

काठमाडौं– १४औं महाधिवेशनमा सभापतिका साझा उम्मेदवार अगाडि सार्ने विषयमा निरन्तर छलफलमा रहेका नेपाली कांग्रेस संस्थापन इतर (पौडेल) पक्षका नेताहरुबीच आज (बिहीबार) साँझ पनि छलफल हुने भएको छ। इतर पक्षका शीर्ष नेताहरुबीचको छलफलमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि दोस्रो तहका (युवा)  नेताहरुले छलफल गर्न थालेका हुन्। युवा नेताहरुबीच बिहीबार साँझ महामन्त्री डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा […]

२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप.

काठमाडौं, पछिल्लो २४ घण्टमा तीन लाख बढीलाई कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले २४ घण्टामा तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ । यद्यपी, सरकारले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । त्यस्तै बुधबार दुई लाख ८३ हजार १३२ जानाले खोप लगाएका थिए भने […]

१५ लाख मात्रा मोडर्ना खोप काठमाडौं आइपुग्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १५ लाख मात्रा मोडर्ना खोप काठमाडौं आइपुग्यो.

काठमाडौं, कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त करिब १५ लाख मोडर्ना खोप आज काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा.बडेबाबु थापाले बिहीबार दिउँसो २ बजेर ३५ मिनेटमा १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप काठमाडौं आइपुगेको जानकारी दिए । त्यस्तै आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं […]

प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय.

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन […]

थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ४३३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ […]