सत्तारुढ नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा पेश गरिने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ। पार्टी मुख्यालयमा सानेपामा बिहीबार दिउँसो बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी प्रतिवेदन पारित गरेको हो बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेश गरेका थिए। त्यसलाई केही सुझावसहित पारित गरिएको कांँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कोषाध्यक्ष सीतादेवी […]
काठमाडौं। अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) को आगामी नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि व्यवस्थापनका कारण ढिलो गरी मतदान शुरु भएको हो। मतदानका लागि नाडाका सदस्यहरू बिहानैदेखि लामबद्ध भएर बसेका थिए। बुधबारदेखि शुरु नाडाको ४५ औँ साधारणसभाअन्तर्गत आज नयाँ नेतृत्वका लागि आज निर्वाचन मिति […]
लमजुङ, लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् । मस्र्याङदी गाउँपालिका वडा नं। ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जीप बिहीबार विहान साँढे १० बजेतिर […]
काठमाडौं , नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्नेबारे नवनिर्वाचित एवं निवर्तमान जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । बसुन्धारास्थित दियालो फुडल्याण्डमा कोइरालाले विभिन्न जिल्लाका सभापतिहरुसँग सभापतिमा आफ्नो दावी, साझा उम्मेदवारको सम्भावना लगायतका विषयमा छलफल गरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । छलफलमा कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउन भइरहेका […]
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने बताइएको छ । २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।
जनकपुर – साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिने भएको छ । आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ । आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको […]
काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठक बसिरहेको छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको हो। कानुन मन्त्रीसमेत रहेका नेता दीलेन्द्र बढुले बैठकबाट एकल सभापतिको उम्मेदवार तय हुने बताए। छलफल जारी छ। सकारात्मक तरिकाले विषय अघि बढिरहेको छु उनले भने। संस्थापन इतरले केही दिन यता साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको […]
काठमाडौं- नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक आज पनि बस्ने भएको छ। आसन्न पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांँग्रेसपौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो। बैठक बिहान आठ बजे बत्तिसपुतलीमा बस्ने बताइएको छ। बैठकले साझा धारणा तय गर्ने र सोही अनुरुप शीर्ष नेतालाई दबाब दिने जनाइएको छ। पौडेल पक्षीय […]
काठमाडौं – नेपाली कांँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि आफूपक्षीय बैठक बोलाएका छन्। आसन्न १४औं महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले नेता सिटौलाले दिउँसो ३ बजेका लागि आफू समूहको बैठक बोलाएका हुन्। बैठक बिहीबार दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने छ। बैठकमा उनी पक्षका सबै नेता उपस्थित हुने बताइएको छ। […]
काठमाडौं- महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। कांँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ। शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांँग्रेस केन्द्रीय समिति […]