बिर्तामोड, चिया श्रमिकको न्यूनतम ज्यालाको समस्याप्रति स्थानीय तहले चासो नदेखाउँदा श्रमिक मर्कामा परेका छन् । चिया श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ४१५ रुपियाँ निर्धारण भए पनि सबै चिया बगानले लागू नगरेको श्रमिकको गुनासो छ । न्यूनतम ज्याला नपाउँदा श्रमिकको जीवनयापन, छोराछोरीको शिक्षादिक्षा, स्वास्थ्यलगायतमा समस्या रहेको उनीहरुको भनाइ छ । मानव अधिकार एलाइन्स झापाको आयोजनामा बिर्तामोडमा भएको […]
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो । समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको […]
काठमाडौँ, सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । ् विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको […]
मिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भारतीय रक्षाप्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ। भारतीय सेनाको एमआई(१७भी५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको यस दुर्घटनामापछि आगो लागेको थियो। यसमा भारतीय रक्षाप्रमुख जनरल बिपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म ११ शव भेटिएका छन्। ती […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर […]
काठमाडौं, नेपाली काँग्रेसको बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो ठहर गरेको नेतृ डीला सङ्ग्रौलाले जानकारी दिइन् । ‘पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको नेतृत्व पुनः एक कार्यकाल कांँग्रेसका लागि अपरिहार्य भएको ठहर बैठकले गरेको […]
जर्मनीको संसद (बुन्डेस्टाग)ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ । सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो । यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ […]
भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । आज एक कार्यक्रमकाबीच विद्युतीय राहदानी सम्बन्धि कार्यको शुभारम्भ गरेको छ । राहदानीप विभागले भने मंसिर १ गतेदेखि नै विद्युतीय राहदानी वितरण कार्यको शुभारम्भ गरेको थियो । विद्युतीय राहदानीका लागि भन्दै मेसिन रिडेबल पासपोर्ट वितरण कार्य रोकिएको थियो । विद्युतीय राहदानी वितरणका लागि […]
काठमाडौ, नेपाली कांँग्रेसको संस्थापनइतर पक्षको बैठक सुरु भएको छ । चाक्सीबारीस्थित कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा बैठक सुरु भएको हो । बैठकले १४औँ अधिवेशनको नेतृत्वका लागि आज साझा उम्मेदवारको तय गर्ने छ । अहिले बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला सहभागी छन् । त्यस्तै पौडेल पक्षका केन्द्रीय सदस्यहरू पनि […]
काठमाडौं । बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो […]